Journalist from Itahari
Uncategorized

कोलम्बो प्रोसेसका उच्च अधिकारीको बैठक काठमाडौंमा सुरु

२९ कात्तिक, काठमाडौं । आप्रवासी श्रमिकहरुको साझा संगठन कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाँचौ बैठक राजधानी काठमाडाैंमा सुरु भएको छ । राजधानी काठमाडौंको होटल सोल्टीमा बिहीबार सुरु भएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाँचौ बैठकले भोलि शुक्रबार हुने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रबीचको छैटौ मन्त्रीस्तरीय परामर्श बैठकका लागि प्रतिवेदन तयार गर्नेछ । आप्रवासी कामदारको हक हित र सुरक्षाको […]

Uncategorized

नागरिकताबारे सदनमा भन्दा सडकमा चर्को आवाज छ : शशी श्रेष्ठ

२९ कात्तिक, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले नागरिकता विधेयकका सम्बन्धमा सदनमा भन्दा सडकमा चर्को आवाज उठेको बताएकी छन् । नागरिकता विधेयकको छलफल अघि बढाउँदा सांसदहरुको आवाज र संशोधन प्रस्तावका विषयमा मात्र नभई सडकका आवाज पनि सुन्नुपर्ने उनको भनाइ छ । ‘हामीले सदनभित्र आफ्नो आवाज राख्न नसक्नेहरुका कुरा पनि सुन्नुपर्छ […]

Uncategorized

मोटोपन सम्बन्धी चार भ्रमः यसरी मोटोपन घट्दैन

मोटोपन कसरी घटाउने ? जवाफ अनेकथरी पाइन्छ । एउटाले भन्छ, खाना कम गरौं । अर्कोले भन्छ, पसिना चुहेनीगरी व्यायाम गरौं । कोही ‘डाइडिङ गर्न’ सुझाउँछन्, कोही ‘जिम धाउन’ उक्साउँछन् । तर, नतिजा ? जति छाक छाडेपनि, जति जिम धाएपनि ज्यान ज्यूँको त्यूँ । आखिर किन यस्तो हुन्छ ? मोटोपन घटाउने एवं तौल कम गर्ने सन्दर्भमा […]

Uncategorized

बुबा बिरामी हुँदा दुब्लाइन् निरुता, भनिन्–‘अब निरन्तर फिल्म खेल्छु’

नेपाली चलचित्रमा एक दशक भन्दा लामो समय राज गरेकी नायिका निरुता सिंह फेरि नेपाल आएकी छिन् । मुम्बइमा बसोबास गर्दै आएकी निरुता चलचित्र ‘दाल भात तरकारी’को छायांकनका लागि नेपाल आएकी हुन् । किरण केसीको निर्माणमा बन्न लागेको यो चलचित्रको छायांकन मंसिर १ गतेबाट सुरु हुँदैछ । निरुताले वैशाखमा नेपाल आउँदा चलचित्र ‘नाई नभन्नु ल ५’मा […]

Uncategorized

क्याबिनेटको निर्णय लुकाउनेबारे मन्त्रिपरिषदमा थप छलफल

२९ कात्तिक, काठमाडौं । क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप छलफल थालेको छ । क्याबिनेटको निर्णय लुकाइएको भन्दै सरकारको सार्वजनिक आलोचना बढेपछि आज मन्त्रिपरिषदले क्याबिनेट बैठकको निर्णय कसरी र कहिले सार्वजनिक गर्ने भन्नेबारे थप छलफल गर्दैछ । ‘क्याबिनेटका निर्णयहरु तत्कालै सार्वजनिक गर्ने कि ४८ घण्टापछि सार्वजनिक गर्ने भन्नेबारे आजको […]

Uncategorized

धुलोले आक्रान्त भएपछि कलंकीवासीले गरे सडक बन्द

२९ कात्तिक, काठमाडौं । अत्याधिक प्रदुषण बढेको भन्दै काठमाडौंको कलंकीका स्थानीयले बाटो अवरुद्ध गराएका छन् । विहान साढे ९ बजेदेखि कलंकीचोक-सोल्टीमोड-कालीमाटी रुटमा स्थानीयले गाडी चल्न दिएका छैनन् । लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको सडकको धुावा, धुलोले आक्रोशित स्थानीयले सोल्टीमोड क्षेत्रमा राखिएको अस्थायी डिभाइड लडाएर अवरोध गरेका छन् । उनीहरुले फलामको पोल समेत सडकमा तेस्र्याएका छन् […]

Uncategorized

अनुमतिबिनै महाकालीमाथि भारतको काठेपुल

२९ कात्तिक, दार्चुला । भारतले नेपालको अनुमतिबिनै महाकाली नदीमाथि अस्थायी काठे पुल निर्माण गरेको छ । सरकारले २ स्थानमा काठेपुल निर्माण गर्न अनुमति दिए पनि भारतले ३ स्थानमा अस्थायी काठेपुल निर्माण गरेको हो । त्रिदेशीय सीमा नाकासम्म सडक पुर्‍याउने उद्देश्यका साथ भारतले घटियाबगर–लखनपुर–लिपुलेक सडकको निर्माणलाई प्राथमिकता साथ निर्माण गरिरहेको छ ।  त्यही सडकको सामान ढुवानीका लागि […]

Uncategorized

दीपिका–रणवीरको बिहेमा फोटो खिच्न निषेध

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहको विवाह ईटलीमा जारी रहेको छ । बुधबार कोंकणी रीति–रिवाजअनुसार विवाह भएको थियो भने आज सिन्धी परम्पराअनुसार वैवाहिक प्रक्रिया भइरहेको छ । बुधबारको समारोहमा दीपिकाले सेतो र सुनौलो रंगको साडी लगाएकी थिइन् । यसैगरी रणबीर पनि सेतै पोशाकमा सजिएका थिए । यसअघि संगीत समारोह, मेहेन्दी समारोह र ईंगेजमेन्ट भइसकेको […]

Uncategorized

बोक्सीको आरोपमा श्रीमती कुट्ने पोखराका सन्तोषलार्इ ६ महिना जेल सजाय

२९ कात्तिक , कास्की । बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महिना जेल र पाँच हजार जरिवानाको सुनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । घरको अर्को एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजालाई बोक्सी भनेर झाँक्रीले नाम लिएपछि सन्तोषले […]

Uncategorized

अरिङ्गालको टोकाइबाट दैलेखमा बालकको मृत्यु

२९ कात्तिक, दैलेख । दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिए । मृतक बालकका आमा टिपुरी नेपालीका अनुसार बुधबार अरिङ्गालको गोलामा जेठो छोराले जिस्क्याउँदा कान्छा छोरा मनिषलाई अरिङ्गालले टोकेको हो । अरिङ्गालको टोकाइबाट पूरै […]