Banner News

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका संस्थापक अध्यक्ष घर्तिको उपचारका क्रममा निधन

मङ्सिर ७ रोल्पा । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका संस्थापक अध्यक्ष मोहन सिङ घर्ति मगरको निधन भएको छ । उपचारको क्रममा मङ्सिर ५ गते बुधबार कोहलपुर मेडीकल कलेजमा निधन भएको हो ।

घर्तीमगर लामो समय देखि सुगर र मधुमिया बिरामीले ग्रसित थिए । मगर उपचारको लागि मे ३० का दिन नेपाल आएका थिए । निरन्तर उपचारको क्रममा रहेका घर्तिको एक्कासी निधन भएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव लेख प्रसाद रोकाले जनाए ।

रोल्पा गङ्गादेब गाउँपालिका -०१ मगरगाउ ओत घर भएका घर्ति मगरको परिवारमा श्रीमती, दुइ छोरा, एक छोरी र एक बुहारी छन् । जेठा छोराको बिबाह भइसकेको छ । मृतक घर्ति परिवार मध्यका काईला सन्तान हुन् ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका संस्थापक अध्यक्षको असामयिक निधनले समाजलाई अतुलनीय क्षेती भएको केन्द्रिय अध्यक्ष सन्दिप थापाले बताएका छन् । केन्द्रिय समाजको तर्फबाट अध्यक्ष सन्दिप थापा र महासचिव लेख प्रसाद रोकाले मृतक प्रति श्रदान्जली दिंदै परिवारलाई धैर्यधारण गर्न कामना समेत गरेका छन ।

यसरि नै बिभिन्न देशमा रहेका अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखाद्वारा मृतक प्रति समबेदना प्रकट गरेका छन् ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *