Uncategorized

रियल मड्रिडमा सान्टियागो सोलारीको दोस्रो चरण

७ मंसिर, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक बनेका सान्टियागो सोलारी आफ्नो कामलाई उत्कृष्ट बनाउँदै जिनेदिन जिदानको बाटो पछ्याउन चाहन्छन् ।

प्रशिक्षक जिदानले मड्रिडमा जस्तो उपलब्धी पाएका थिए त्यसमा सोलारी पुग्न सक्छन् कि सक्दैनन् भन्ने अड्कल भइरहेका बेला सबैले आफूमा विश्वास देखाउनु ठूलो कुरा भएको सोलारीले बताएका छन् ।

प्रशिक्षक जुलेन लोपेटेगी बर्खास्त भएपछि प्रशिक्षक बनेका सोलारीले सुरुका केही हप्ता क्लबमा राम्रो प्रभाव पार्न सके । मेलिला, भायाडोलिड, प्लेजन र सेल्टाविरुद्ध जित निकालेका उनका लागि अब दोस्रो चरणको परीक्षा सुरु हुँदैछ ।

सेल्टाविरुद्धको जितपछि नै उनी २०२१ जुन ३० सम्मका लागि प्रशिक्षकमा स्थायी नियुक्त भएका थिए । इबर, रोमा र भ्यालेन्सियासँगको खेलमा पनि त्यही प्रभाव देखाउन सके उनीमाथिको विश्वास झनै बढ्ने छ ।

‘अहिले आइरहेको प्रतिक्रियाहरुका लागि म निकै आभारी छु’ सोलारीले भनेका छन्, ‘जिदानसँग तुलना गरिनु ठूलो कुरा हो, उनको तुलना कसैसँग हुन सक्दैन ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *