कमला नदीमा भूतप्रेतसँग सपथ ग्रहण गर्न पुगे धामीझाँक्री
सिरहा– सिरहा प्रत्यक वर्षजस्तै यसवर्षको कत्तिके पूणिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् ।‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै यस्तै आ आफनो इष्ट देवताहरुको नाम फालाक्दै […]