गृह समाचार सुचना/प्रविधि

याे बर्षकाे मदन पुरस्कार कार्कीलार्इ

मदन पुरस्कार गुठीले  २०७४ सालको मदन पुरस्कार उपन्यासकार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि  दिने घोषणा गरेको छ। मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ ।

भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा १९३० तिर जन्मिएकी योगमाया न्यौपाने निरंकुश राणाशासनको विरोध गर्ने सामाजिक आन्दोलनकर्ता थिइन् । अशिक्षित नेपाली समाजलाई संगठित गरी अन्याय बिरुद्ध लड्नुपर्छ र आइपरे मर्न र मार्न पनि पछी हट्नु हुँदैन भन्ने अडानकै कारण चर्चित रहिन । तिनै योगमायाका बारेमा स्थलगत अध्ययन गरी साहित्यकार कार्कीले तयार पारेको उपन्यास हो ‘योगमाया’।

नेपाली साहित्यमा प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने कार्की चौथी महिला बनेकी छिन् । नीलमको चीरहरण उपन्यास यसअघि पनि मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेको थियो तर पुरस्कार जित्न भने सकेको थिएन।

कार्की बनिन् मदन पुरस्कार पाउने चौथी महिला

यसअघि विसं २०२२ मा ‘शिरीषको फूल’ उपन्यासका लागि पारिजात (विष्णुकुमारी वाइबा), विसं २०६७ मा प्रकाशित आत्मजीवनीपरक निबन्ध ‘जीवन काँडा कि फूल’ का लागि झमककुमारी घिमिरे र विसं २०७० मा प्रकाशित संस्मरणात्मक कृति ‘खलङ्गामा हमला – एउटी नर्सको डायरी’ का लागि राधा पौडेलले मदन पुरस्कार प्राप्त गरेका थिए।

मदन पुरस्कार गुठीले सोमवार जारी गरेको विज्ञप्तिमा ‘योगमाया’ उपन्यासका लागि कार्कीलाई २०७४ को  मदन पुरस्कार दिने निर्णय लिइएको उल्लेख छ।

मदन पुरस्कारका लागि २५३ पुस्तक मध्येबाट ‘कैरन’ (ध्रुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’) गरि ८ पुस्तक छनौटकाे अन्तिम चरणमामा परेको थियो ।

‘योगमाया’ नीलम कार्की निहारिकाको सय वर्षअघिको पात्रबारे उपन्यास हो। राणाकालमा विभिन्न सामाजिक सुधारका माग राखेर सामाजिक आन्दोलन चलाएकी भोजपुरकी एकम महिला पात्र हुन् योगमाया। योगमायाका बारेमा स्थलगत रिपोर्टिङबाट तथ्यहरू संकलन गरेर साहित्यकार नीलम कार्की ‘निहारिका’ ले ‘योगमाया’ उपन्यास लेखेकी हुन् ।

पुस्तक विमोचनका क्रममा समालोचक प्रा. कृष्ण गौतमले नीलमले इतिहासलाई आख्यानीकरण गरेको बताएका थिए। साङ्ग्रिला बुक्सद्वारा प्रकाशित ५०४ पृष्ठको यो पुस्तकको मूल्य ५७५ रुपैयाँ छ।’

नेपालमा लिखित अभिलेख पाउन सजिलो नभएकाले उपन्यासका लागि योगमायाबारे अनुसन्धान गर्न धेरै कठिन भएको कार्कीको अनुभव छ।

हाल अमेरिकामा बस्दै आएकी कार्कीले ” साथीभाइ र योगमायाकै नातेदारका वंशजको सहयोगमा अनुसन्धान गरेकाे बतार्इन।

मदन पुरस्कार पाएकोमा प्रसन्नता व्यक्त गर्दै उनले भनिन्, “अरू पुस्तक पनि राम्रै थिए। मदन पुरस्कार पाउँछु भनेर अपेक्षै नराखेकी त थिइँन। पाउँदा खुसी लागेको छ।”

लेखक कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्। चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो।

मदन पुरस्कार २०१२ सालमा स्थापाना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *