अन्तर्वार्ता गृह शैक्षिक गतिविधि

डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत स्वास्थ्य शिविर

भक्तपुर।  सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत शिविर संञ्चालन भइरहेको छ । भदाै २४ गतेदेखि शुरु भएकाे शिविर असाेज मसान्तसम्म सञ्चालन हुने छ ।

शिविरमा हरेकदिन बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म बरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. शाेभा मारिखु श्रेष्ठ तथा डा. अाभा हाडाले दुर्बिन प्रविधिबाट ओभरियन सिस्टको शल्यक्रिया, आमाको कोखमा बच्चा नबस्नुको जाँच, तल्लो पेट दुखि राख्ने समस्या र भिडियो एक्स–रे बाट थाहा नहुने समस्याको शल्यक्रिया साथै महिनावारी गढबढिको समस्याकाे जाँच लगायत निशल्क परामर्श समेत उपलब्ध गराइने अस्पतालका व्यवस्थापन प्रमुख मारिखुले अनलाइन दर्पणलाई जानकारी दिए ।

२००० भन्दा बढिलाई निःशुल्क परामर्श दिने लक्ष्यसहित  सञ्चालन भएकाे उक्त शिविरमा हालसम्म १०० जनाभन्दा बढि महिलाहरुले निःशुल्क लाभ दिईसकेका छन् । शिविरमा हालसम्म २ जनाकाे मेजर शल्यक्रिया, ३ जनाकाे माईनर शल्यक्रिया तथा २१ जना शल्यक्रियाकाे तयारी तथा ८० भन्दा बढिकाे  भिडियो एक्स–रे समेत गरिएकाे छ ।

शिविर अवधिमा अन्य विभिन्न जाँचमा पनि छुटको विशेष व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *