Banner News अन्तर्वार्ता गृह बिचार/ब्लग समाचार

आज घन्टाकर्ण पर्व, शक्तिपीठहरुमा भक्तजनको घुइँचो

भक्तपुर- साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात् घन्टा कर्णको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ। यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्।

आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको छ।

नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाईजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *