Uncategorized शैक्षिक गतिविधि समाचार

राष्ट्रिय परीक्षा बोर्डमा बदमासी : कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर फेरि लेखियो

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डमा कतिसम्म लापरबाही र बदमासी हुन्छ भन्ने तथ्य सार्वजनिक भएको छ । बोर्डका कर्मचारीको मिलेमतोमा कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर लेखेको पाइएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ ।

०७४ साल जेठमा सञ्चालन भएको कक्षा ११ को परीक्षामा ललितपुरको डिएभी सुशील केडिया विश्व भारती उच्च माविका विद्यार्थीको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट घरमा गरेर उत्तर लेखेर पुनः कार्यालयमा ल्याएको पाइएको हो ।

बोर्डका कर्मचारीको सहयोगमा डिएभी सुशील केडिया स्कुलकी एक छात्राको पाँच विषयको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट बाहिर लगेर नयाँ उत्तर लेखेर पुनः कार्यालयमा ल्याएको पाइएको हो ।

विज्ञान विषयको फिजिक्स, केमेस्ट्रि, म्याथ, जुलोजी र बोट्नी विषयको कोडिङ र डिकोडिङ भएको उत्तरपुस्तिका कार्यालयबाट लगेर लेखाएर कार्यालयमै ल्याइएको थियो । उत्तरपुस्तिकाको बाहिरको कभर परिवर्तन गरी पाँच विषयको उत्तर बाहिरबाट लेखाएर ल्याइएको थियो ।

अनुसन्धान गर्दै प्रहरी 

परीक्षा बोर्डमा पुगिसकेको उत्तरपुस्तिका घरमा ल्याएर त्यसको बाहिरी कभरबाहेक अरु परिवर्तन गरी पुन उत्तर लेखेर कार्यलयमा पु¥याएको यस घटनाको ललितपुर प्रहरीले छानविन गरिरहेको छ । महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले घटनाको अनुसन्धान भइरहेको बताए । उनले तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । उनले भने–‘३ जना विरुद्ध मुद्दा चलिरहेको छ, उनीहरु अहिले धरौटीमा रिहा भएका छन् । यसमा अरुको पनि संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

कार्यालयमा आइसकेको उत्तरपुस्तिका बाहिर लगेर लेखाइएको सूचना आएपछि बार्ड बैठकले नै प्रहरीलाई छानविन गर्न जिम्मा लगाएको थियो । बोर्डका पदाधिकारीले उत्तरपुस्तिका काण्डबारेमा जानकारी पाएपछि केही समय अघि तत्कालिन परीक्षा नियन्त्रक डम्बर बतासलाई परीक्षा नियन्त्रकबाट सरुवा गरेको छ । बोर्डका एक कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने तत्कालिन परीक्षा नियन्त्रक बतासको लापरबाही देखिएको भन्दै बयान लिएको छ । स्रोतका अनुसार केहि अन्य अभियुक्तहरु फरार रहेका छन् ।

यसरी भएको थियो घटना 
घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरीले परीक्षक र अभियुक्तको नाम खुलाएको छैन । ती परीक्षार्थीको उत्तर पुस्तिका अरु विद्यार्थीको भन्दा फरक देखेर कार्यालयमा रिपोर्ट गरेपछि बोर्डले छानविन समिति गठन गरेको थियो ।

ति विद्यार्थीको अङ्ग्रेजी बाहेक सबै उत्तरपुस्तिका शंकास्पद पाइएपछि  छानविन समितिले सम्बन्धीत विद्यार्थीलाई बोलाएर सोधपुछ पनि गरेको थियो । विद्यार्थीको बयानले शंकास्पद बनाइरहेका बेला विद्यार्थीले कपीमा नलेखिकन छोडेको र पछि अरुले लेखिदिएको बयान दिएपछि झनै संकास्पद भएको बोर्डका एक कर्मचारीले बताए ।  ती विद्यार्थीको रिजल्ट पनि रद्ध भएको छ । बोर्डले छानविनका लागि प्रहरीलाई जिम्मा लगाएको छ । ती विद्यार्थीले कक्षा ११ को परीक्षा पुनः दिएकी छन् । Source:ratopati

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *