Uncategorized

म्यानचेस्टर सिटी शीर्ष स्थानमा

१४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियनलाई २–० गोलको सहज जित निकाल्दै सिटीले महत्वपूर्ण ३ अंक बटुलेको हो ।

सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र सर्जियो अग्युरोले गोल गरे । खेलको २९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको सिटीले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको ६५ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए ।

प्रिमियर लिग अन्तर्गत नै भएको अन्य खेलमा टोटनह्यामले हडर्सफिल्डलाई २–० ले, एभर्टनले फुलहमलाई ३–० ले, लेष्टर सिटीले न्युक्यास्टललाई २–० ले र वोल्भस्ले साउथह्याम्टपनलाई २–० गोलले पराजित गरेका छन् ।

शीर्ष स्थानमा रहेको सिटीको ७ खेलबाट १९ अंक भएको छ । लिभरपुलको पनि समान १९ अंक नै भएपनि गोलको आधारमा सिटी अगाडि रहेको हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *