डा. समशेरसिंह थापा अस्ट्रेलियाका पहिलो नेपाली कानूनब्यबसायी हुन् । अस्ट्रेलियामा आप्रवासीहरुलाइ स्थायी बसोबासको लागि भिसा मिलाइदिन्छु भनि केही ठगहरुबाट ठगिएर समस्यामा पर्नेहरु अन्तमा उनीसंग सहयोग र परामर्श लिन पुगेपछि उनले धेरैलाइ कानुनी सहायता गरेर ठगहरुबाट मुक्त गरेका पनि छन् । गैरआवासीय नेपाली अभिन्तसमेत रहेका उनी आफूलाई गैरआवासीय नेपाली नेता बताउने केहीलेसमेत सर्बसाधारण नेपाली विद्यार्थी तथा […]
Author: purnakhabar
हेटौंडाको औद्योगिक उतारचढावः यसरी फर्कंदैछ दिन
२९ कात्तिक, हेटौंडा । साबुनदेखि सिमेन्टसम्म, कस्मेटिक्सदेखि कपडासम्म र बिस्कुटदेखि पेन्टससम्म उत्पादन गर्ने राष्ट्रियदेखि बहुराष्ट्रियसम्मका उद्योगहरु हेटौंडामा छन् । वर्षमा अर्बौं राजस्व तिर्ने ती उद्योगहरुले प्रदेश ३ को अस्थायी राजधानी हेटौंडालाई उद्योगहरुको सहर बनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्ज नजिकै हुनु र राजधानी काठमाडौंसहित देशका मुख्य सहरहरुलाई […]
बन्द भएको कालिगण्डकीको जल यातायात सुरु
२९ कात्तिक, गुल्मी । वर्षातमा नदीको बहाव बढेसँगै बन्द भएको कालीगण्डकीको स्टिमर सेवा पुन सञ्चालनमा आएको छ । गुल्मी, स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जल यातायात स्टिमर सेवा सञ्चालन हुँदै आएको छ । नदीमा पानीको बहाव घट्दै गएकाले स्टिमर सेवा पुनःसञ्चालन आएको हो । वर्षाका कारण नदीमा बहाव […]
लघुवित्तलाई बाइपास गर्दै बैंक-वित्तको नयाँ संगठन !
२९ कात्तिक, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई वाइपास गरेर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले नया्र संगठन निर्माण गर्न छलफल शुरु भएको छ । सबैको उद्देश्य समान भएको र कानून तथा नियामकीय निर्देशन समेत एकै प्रकारका हुने भएकाले ३ संघहरुको बलियो संगठन बनाउन लागिएको बताइएको छ । यि ३ प्रकारका जस्तै कारोबार गर्ने ‘घ’ […]
तेलुगु फिल्मको रिमेकबाट सुनिलका छोरा बलिउडमा भित्रदै
यो बर्षको सुरुवातदेखि नै थुप्रै बलिउडकर्मीका सन्तानले रंगिन पर्दामा आफ्नो पाइला राखेका छन् । यहीविचमा, बलिउडका चर्चित नायक सुनिल सेट्टीका छोरा अहान सेट्टीले पनि बलिउडमा पाइला राख्ने भएका छन् । साजिद नाडियाडवालाको प्रोडक्शनबाट बन्न लागेको एक चलचित्रबाट अहान बलिउडमा भित्रन लागेका हुन् । उनले काम गर्न लागेको हिन्दी चलचित्र, ‘आर एक्स १००’ नामक तेलुगु चलचित्रको […]
कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द
२९ कात्तिक, काठमाडौं । काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहीबार एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिब एक घण्टा बन्द गराएका हुन् । सडक विस्तारको नाममा स्वास्थ्यमाथि अति खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गरेको स्थानीय समिर महर्जनले बताए […]
डरले बालबालिकालाई कसरी कमजोर र असफल बनाउँछ ?
‘डर’ सम्बन्धीे एउटा छोटो तथा रोचक कथा छ । कुनै एक गाउँमा जंगलबाट भड्किएर सिंह पस्यो । गाउँ आतंकित भयो । बलियो-बाङ्गो युवाहरु, शिकारीहरु कोहीपनि सिंहसँग जुध्न सकेनन् । सिंहले समग्र गाउँलेलाई भयाभित तुल्याइरहँदा एक बालक भने त्यसकै नजिक आनन्दसाथ बसेको देखिए । गाउँलेहरु यो दृश्य देखेर डराएनन् मात्र अचम्मित पनि भए । आखिर त्यतीका […]
नेपालका भजिन्द्रबहादुर कोरियन मानार्थ नागरिकताबाट सम्मानित
काठमाडाैं / नेपाल र कोरिया बिच संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याएबापत कोरियाको साैल महानगरपालिकाले समाजसेवी भजिन्द्रबहादुर क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरेको छ । कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । […]
‘अमेरिकामा फर्जी पारपाचुके, नेपालमा कान्छीसँग लगनगाँठो’
२९ कात्तिक, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयभित्र रहेको हेल्लो सरकारको कार्यकक्षमा पुग्दा कर्मचारीहरु निकै व्यस्त देखिन्थे । फेसबुक र ट्वीटरमार्फत आउने गुनासाहरुको सम्बोधन गर्न सिंहदरबारमा छुट्टाछुट्टै डेस्क स्थापना गरिएको छ । केही कर्मचारीहरु फोन, इमेल र अनलाइनमार्फत आएका गुनासा हेर्दै/सुन्दै थिए भने कोहीचाहिँ कार्यालयमै पुगेकाहरुसँग गुनासा सुन्दै थिए । ‘तपाईको गुनासो सम्बन्धित व्यक्तिमा […]
अमेरिकामा पढ्ने नेपाली विद्यार्थी संख्या अहिलेसम्मकै उच्च
२९ कात्तिक, काठमाडौं । सन् २०१८ मा नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । अमेरिकाको शिक्षा तथा संस्कृति मामिला विभाग र ओपन डोर रिपोर्टअनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अघिल्लो वर्षको भन्दा १४. ३ प्रतिशतले वृद्धि भएको हो । नेपाल अमेरिकामा धेरै विद्यार्थी पठाउने विश्वका २५ देशमध्ये सबैभन्दा बढी विद्यार्थी वृद्धिदर भएको देश […]









