२९ कात्तिक, काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा जिवन प्रकाश लिम्बु (थेवे) चयन भएका छन् । यस अघि लक्ष्मी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह लघुवित्तको अध्यक्ष थिए । शाह बैंकको सीईओ भए पछि सञ्चालक समितिको पदमा बहाल रहन नमिल्ने नीतिगत ब्यवस्था बमोजिम अध्यक्षमा लिम्बुलाई चयन […]
Author: purnakhabar
जाडोमा उपयोगी हुने सिजीका इलेक्ट्रिक सामान बजारमा
२९ कात्तिक, काठमाडाैं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले उपोयोगी घरायसी सामानहरु बजारमा ल्याएको छ । सिजीले जाडो सिजनका लागि लक्षित गर्दै नयाँ सामग्रीहरु ल्याएको जनाएको छ । कम्पनीका अनुसार नुहाउनको लागि इलेक्ट्रिक तथा ग्याँस गिजर, आकर्षक स्वरुप भएको वाटर डिस्पेन्सर (जसमा तातो र चिसो पानी सजिलै पाउन सकिने), आफ्नो कोठालाई न्यानो बनाइराख्न विभिन्न प्रकारका रुम हिटरहरू […]
हेमराजको फिल्ममा प्रदिप र साम्राज्ञीको जोडी ?
यूवा स्टार प्रदिप खड्का र चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा कहिले पुरा होला ? नेपाली मिडियामा यी दुइले चलचित्र खेल्न लागेको खबर सार्वजनिक भएको धेरै भैसक्यो । चलचित्र ‘भैरवी’मा नै यी दुइले काम गर्न लागेको खबर बाहिरिएको थियो । तर, यो चलचित्र प्रदिपले साइन गरेपनि साम्राज्ञीले भने साइन गरिनन् […]
श्रीलंकाको संसद बैठकमा सांसदहरुबीच कुटाकुट
२९ कात्तिक, काठमाडौं । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबारको संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो । बिहीबार संसद बैठकमा राजापाक्षेले आफूलाई ध्वनिमतको […]
गर्भावस्थामा प्लाष्टिकको प्रयोगले बच्चालाई असर, हुनसक्छ शारीरिक अपाङ्गता
आँखा चिम्लेर एकपटक सोचौं त, प्लाष्टिकको प्रयोग बिना हाम्रो दैनिकी चल्छ ? बिहान उठ्नसाथ मनतातो पानी पिउँछौं । उक्त पानी प्लाष्टिकको जार वा ट्यांकीमा भण्डारण गरिएको हो । प्लाष्टिकमा प्याकेजिङ गरिएको दुध पिउँछौं । प्लाष्टिककै बोत्तलमा पानी भरेर छोराछोरीलाई विद्यालय पठाउँछौं । प्लाष्टिकको बोत्तलमा राखिएको दाल-चामल पकाउँछौं । बजारदेखि भान्सासम्म प्लाष्टिक नै प्लाष्टिक छ । […]
बलात्कारपछि हत्या आरोपमा बालकसहित २ पक्राउ
२९ कात्तिक, गाईघाट । गत शनिबार उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न दुई अभियुक्तहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन् । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय […]
अधिकांश जलविद्युत् कम्पनीका शेयर भाउ घट्यो
२९ कात्तिक, काठमाडौं । कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओरालो […]
यसरी पुनर्निर्माण हु्ँदैछ प्रसिद्ध भैरवनाथ मन्दिर (फोटोफिचर)
२९ कात्तिक, काठमाडौं । भक्तपुर नगरपालिकास्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुनर्निमाण शुरु भएको छ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पले हल्लाएको भक्तपुर नगरपालिका ४ टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण थालिएको हो । दशैंअघिबाट मन्दिरको पुनर्निर्माण थालिएको नगरपालिकाको सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार अहिले मन्दिरको […]
धन्न अष्ट्रेलियाको भिसा लागेन ….
क्रिकेट, क्रिकेट र क्रिकेट । यो उमेरसम्म मैले सिकेको, जानेको र केही गरेको यही हो । यो मेरो लागि खेल मात्रै पनि होइन, जीवनशैली नै हो । स्कूलमा क्रिकेट खेल्दा प्रिन्सिपल सरको झ्याल फुटाएकोदेखि नेपाललाई एकदिवसीय मान्यता दिलाउँदासम्म कति रमाइला, कति नरमाइला पल आए । कति उत्सवका क्षणहरु पनि छन् । कतिपय त मेलै नचाहँदा […]
विराटनगरमा गिरिजाप्रसाद कोइरालाको फोटो प्रदर्शनी हुने
२९ कात्तिक, विराटनगर । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनी विराटनगरमा हुने भएको छ । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयको आयोजनामा मंसिर २ गते फाउण्डेशनको प्रदेश कार्यालयको उद्घाटनसँगै फोटो प्रर्दशनीको तयारी गरिएको हो । कार्यालयको कांग्रेस नेताहरु डा. शंशाक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । […]









