Uncategorized

तेलुगु फिल्मको रिमेकबाट सुनिलका छोरा बलिउडमा भित्रदै

यो बर्षको सुरुवातदेखि नै थुप्रै बलिउडकर्मीका सन्तानले रंगिन पर्दामा आफ्नो पाइला राखेका छन् । यहीविचमा, बलिउडका चर्चित नायक सुनिल सेट्टीका छोरा अहान सेट्टीले पनि बलिउडमा पाइला राख्ने भएका छन् ।

साजिद नाडियाडवालाको प्रोडक्शनबाट बन्न लागेको एक चलचित्रबाट अहान बलिउडमा भित्रन लागेका हुन् । उनले काम गर्न लागेको हिन्दी चलचित्र, ‘आर एक्स १००’ नामक तेलुगु चलचित्रको रिमेक हो । यो चलचित्रलाई ‘द डर्टी पिक्चर्स’का निर्देशक मिलन लुथ्रियाले निर्देशन गर्दैछन् ।

यो चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । चलचित्रलाई सन् २०१९ को मे महिनामा रिलिज गर्ने योजना यसका निर्माताको छ । सुनिलकी छोरी आथिया सेट्टी बलिउडमा प्रवेश गरेतापनि उनले कुनै तहल्का मच्चाउन सकेकी छैनन् । अब, छोराको आगमनले सुनिललाई खुशी बनाउला कि के गर्ला ?

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *