Uncategorized

कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द

२९ कात्तिक, काठमाडौं । काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहीबार एक घण्टा बन्द गराइएको छ ।

धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिब एक घण्टा बन्द गराएका हुन् । सडक विस्तारको नाममा स्वास्थ्यमाथि अति खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गरेको स्थानीय समिर महर्जनले बताए ।

यो सडक खण्डबाट हुने प्रदुषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन् ।

रविभवनमा व्यापार गर्दै आएका महर्जनले धुवाँधुलोकै कारण आफूहरुको व्यापारसमेत नभएको गुनासो गरे । सडक खाल्डो पार्ने तर पुनर्निर्माण नगर्ने गरेका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएपछि त्यसको निर्माणमा ढिलाइ नगर्न सरकारलाई दवाव दिन आफूहरुले सडक बन्द गरेको स्थानीय अर्का व्यापारी मनोज आचार्यले जानकारी दिए ।

स्थानीयले सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौता गरिसकेका छन् । तर त्यसको पालना नभएको स्थानीयको गुनासो छ । सडक पीच, ढल व्यवस्थापनलगायतको काम तत्काल सम्पन्न नभए सो सडक खण्ड बन्द अनिश्चतकालसम्म गर्ने स्थानीयको चेतावनी छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *