Uncategorized

धुलोले आक्रान्त भएपछि कलंकीवासीले गरे सडक बन्द

२९ कात्तिक, काठमाडौं । अत्याधिक प्रदुषण बढेको भन्दै काठमाडौंको कलंकीका स्थानीयले बाटो अवरुद्ध गराएका छन् । विहान साढे ९ बजेदेखि कलंकीचोक-सोल्टीमोड-कालीमाटी रुटमा स्थानीयले गाडी चल्न दिएका छैनन् ।

लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको सडकको धुावा, धुलोले आक्रोशित स्थानीयले सोल्टीमोड क्षेत्रमा राखिएको अस्थायी डिभाइड लडाएर अवरोध गरेका छन् । उनीहरुले फलामको पोल समेत सडकमा तेस्र्याएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुमका अनुसार सडक अवरुद्ध भएसागै कलंकी-टेकु रुटमा सवारी साधनको लामो लाइन लागेको छ ।

धुावा, धुलो नियन्त्रणका लागि पटक पटक सम्झौता भएपनि महानगरपालिकाले वास्ता नगरेपछि आन्दोलनमा उत्रिनु परेको स्थानीयको भनाइ छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ की अध्यक्ष शोभा सापकोटाले आफ्नो कार्यक्षेत्र भित्र नपरेपनि चााडो सडक निर्माण कार्य सम्पन्न गर्न पहल गरिरहेको अनलाइनखबरसाग बताइन ।

‘बाटो बनाउादै गर्दा धुलो नभए के हुन्छ?, भर्खर सबै बाटो पिच गर भनेर हुन्छ, सडकमा आएर मुर्दावाद, जिन्दावाद भनेर हुन्छ ?, उनले भनिन । सडकको अवरोध खुलाउन पहल गरिरहेको उनको भनाइ छ ।

त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक विस्तार आयोजना अन्तर्गत त्यसक्षेत्रमा बाटो खन्ने काम भइरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *