१८ असोज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले एकैदिनमा दुई वटा मिठाइ पसलमा सिलबन्दी गरेको छ । गौशालास्थित व्यञ्जन मिष्ठान्न भण्डार र अन्नपूर्ण मिष्ठान्न भण्डारमा सिलबन्दी गरिएको हो । मिठाइ बनाउने कारखानामा बनिसकेका मिठाइमै साङ्ला र फोहोर अत्यधिक मात्रामा भेटिएपछि सिलबन्दी गरएको अनुगमनका सहभागी उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए । मिठाइ बनाउने […]
Author: purnakhabar
आईजिपी बर्खास्तको माग गरेपछि नेकपाका विद्यार्थी संगठनमा विवाद
१८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिसट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विवाद उत्पन्न भएको छ । तत्कालिन एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीभित्र विवाद भएको हो । दुई पार्टी एकीकरण भएपनि भातृ संगठन एकीकरण भएका छैनन् । […]
जब रेफ्रीले हेडिङ गोल गरे …
१८ असोज, काठमाडौं । फुटबलमा रेफ्रीले गरेको हेडिङ गोलले धेरैलाई अचम्ममा पारेको छ । रसियाको एलएफएल ड्यागेस्टनको दोस्रो चरणको किज डीडी र मनासबीचको खेलमा रेफ्री ले नै हेडिङ गोल गरेका हुन् । रेफ्रीले त्यस्तो गोल जानीजानी गरेका भने थिएनन् । मनासले खेलको ४३ औं मिनेटमा पेनाल्टी पाएको थियो । जसमा अलि जापारोभले प्रहार गरेको पेनाल्टी […]
दशैँमा घर फर्किंदै परदेशी, सिमानामा भारतीय प्रहरीको डर
१८ असोज, बाँके । भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित देखिन्थे । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । ‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डराइडराइ […]
प्रथम उपमेयर राष्ट्रिय कराँते प्रतियोगितामा प्रदेश १ प्रथम
सिरहा– सिरहा सिरहाको गोलबजार नगरपालिकाले आयोजना गरेको ‘प्रथम उप–मेयर राष्ट्रिय कराँते प्रतियोगितामा प्रदेश १ प्रथम भएको छ । गोलबजार नगरपालिका जमदहस्थित सरस्वती माविमा भएको प्रतियोगितामा १ नं. प्रदेश महिला, पुरुष कुमुते, एकल काता तथा टिम काता खेलमा १३ स्वर्ण, तीन रजत र एक काश्य पदकसहित पहिलो बनेको हो । प्रतियोगितामा प्रदेश १ बाट सर्वोत्कृट खेलाडी महिलातर्फ […]
एभरेष्ट प्रिमियर लिग मंसिर तेस्रो सातादेखि
१८ असोज, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता मंसिर तेस्रो सातादेखि सुरु हुने भएको छ । ईपीएलले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी लिग मंसिर २२ गतेदेखि पुस ७ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । लिगको लागि तयारी थालिसकेको ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । त्यस्तै, प्रतियोगिताको अनुमतिको लागि अन्तर्राष्ट्रिय क्रिकेट […]
मोडरिकलाई पनि थाहा छ मेस्सी जस्तो अरु छैनन् : र्याकिटिक
१८ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा टोटनहृयामलाई हराएपछि बार्सिलोनाका मिडफिल्डर इभान र्याकिटिकले लियोनल मेस्सीको खेलको तारिफ गरेका छन् । ‘मेस्सीको लय अहिले झनै राम्रो भएको छ । सबै खेलाडीलाई सम्मान गर्दै के भन्छु भने जसले बालोन डिओर जितेको छ उसलाई पनि थाहा छ मेस्सी जस्तो अरु छैनन्’ र्याकिटिकले भने, ‘लुका मोडरिकले पनि निकै राम्रो […]
‘भद्रगोल’मा दिपक, दीपा र ‘माग्ने बुढा’
नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले फरक प्रस्तुति हेर्न पाउनेछन् । हास्य सिरियल ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका थिए । यसपछि, उनीहरु टेलिभिजनको सिरियलमा देखिएका छैनन् । तर, यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउनेछन् । यस्तै, यी दुइको साथमा पहिलो पटक […]
फुटबलबाहेक केही सोचिनँ, सोच्नु पनि परेन
मनाङ मर्स्याङ्दी छाडेर किन थ्रीस्टार ? यति छिटो राष्ट्रिय टिमबाट किन सन्यास ? अब के गर्ने त ? … अहिले मलाई सोधिने धेरैजस्तो प्रश्न यस्तै छन् । जवाफका लागि तपाइँहरुले मेरो फुटबल यात्रालाई हेर्नुपर्ने हुन्छ । छोरालाई लाहुरे बनाउने बुवाआमाको सपनालाई कुल्चिएर फुटबलमा करिअर बनाउन मलाई सजिलो थिएन । सहारा क्लबमा ४०० जनाबीच भएको छनोटबाट […]
बर्थ डेमा परमितालाई प्रेमीले लगाइदिए औठी
आफ्नो २५ औं जन्मदिन मनाउने क्रममा नायिका परमिता आरएल राणाले विशेष उपहार पाइन् । परमिता नायक आयुष्मान देशराज जोशीसगको ब्रेकअपपछि हिसी लोसांगको प्रेममा छिन् । उनले सामाजिक संजालबाट नै हिसीसँगको प्रेमलाई सार्वजनिक गरेकी हुन् । आफ्नो जन्मदिन मनाउने क्रममा परमिता राजकुमारी जस्तै बनेकी थिइन् । केक काट्नु अगाडि उनका साथीहरुले हुटिङ गरिरहेका थिए । सोही […]









