Uncategorized

एभरेष्ट प्रिमियर लिग मंसिर तेस्रो सातादेखि

१८ असोज, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता मंसिर तेस्रो सातादेखि सुरु हुने भएको छ ।

ईपीएलले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी लिग मंसिर २२ गतेदेखि पुस ७ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । लिगको लागि तयारी थालिसकेको ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताको अनुमतिको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई आवश्यक कागजत पठाई सकेको प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए । उनले भने, ‘अनुमतिको लागि हामीले आवश्यक पर्ने सबै डकुमेन्ट आईसीसीलाई पठाइसकेका छौं । सायद नोभेम्बरसम्ममा हामीले अनुमति पाउछौं होला ।’

ईपीएल मंसिरमा हुने भएसँगै विदेशी खेलाडीको भने खेल जुध्ने भएको छ । यस्तो हुदा चर्चित खेलाडी रोहन मुस्तफा लगायतका विदेशी खेलाडीले लिग खेल्न नसक्ने सम्भावना पनि बढेको छ । यसबारे आमिर अख्तरले भने ‘कुनै एउटा खेलाडीको लागि हामी लिगको मिति परिवर्तन गर्न सक्दैनौं । हामीले वनरहरुसँग पनि कुरा गरिसकेका छौं । उहाँहरु सहमत हुनुहुन्छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *