१८ असोज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले एकैदिनमा दुई वटा मिठाइ पसलमा सिलबन्दी गरेको छ ।
गौशालास्थित व्यञ्जन मिष्ठान्न भण्डार र अन्नपूर्ण मिष्ठान्न भण्डारमा सिलबन्दी गरिएको हो ।
मिठाइ बनाउने कारखानामा बनिसकेका मिठाइमै साङ्ला र फोहोर अत्यधिक मात्रामा भेटिएपछि सिलबन्दी गरएको अनुगमनका सहभागी उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए ।
मिठाइ बनाउने ठाउँमा भुसना भन्किएको, सरसफाइ नगरिएको र स्पष्ट उत्पादन मिति नखुलेको पाइएपछि सिलबन्दी गरिएको हो ।



