१९ असोज, जनकपुर । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले प्रदेश २ को प्रदेश सभा बैठक अवरुद्ध पारेका छन् । दुवै पार्टीका सांसदहरुले सरकारको काम कारवाहीको विरोध गर्दै प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु भएलगत्तै सभामुखसँग विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सरकारको विरोध गर्दै बैठक अवरोध गर्ने बताएका […]
Author: purnakhabar
दैलेखमा भूकम्पको धक्का
१९ असोज, काठमाडौं । दैलेखमा भूकम्प गएको छ । शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको छ । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । अनलाइन खबरबाट
नयाँ शक्तिको गुल्मीमा प्रशिक्षण
१९ असोज, गुल्मी । नयाँ शक्ति पार्टी नेपाल प्रदेश ५ ले गुल्मीबाट प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । गुल्मीबाट सुरु गरिएको प्रशिक्षण कार्यक्रम प्रदेश नम्बर ५ का सबै जिल्ला सदरमुकाममा कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रमहरु गरिने नयाँ शक्ति पार्टी नेपाल पार्टी गुल्मीका जिल्ला […]
विराटको पनि शतक, भारत बलियो स्थितिमा
१९ असोज, काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा भारतका कप्तान विराट कोहलीले पनि शतक प्रहार गरेका छन् । उनले २३० बलमा १० चौका प्रहार गर्दै १३९ रन बनाए । विराट कोहलीको यो २४ औं शतक हो । उनले टेष्ट क्रिकेटमा ६२८६ रन बनाउँदा १९ अर्धशतक पनि समावेश छ । भारतका कप्तान विराट कोहली […]
अनि जीवन बग्छ कलकल ! कलकल !
जीवन, बहुमूल्य लाग्छ । किनकी, यसको शुरुवात कसरी भयो ? कहाँबाट आयो ? र कसरी टुंगिन्छ ? कसैलाई थाहा छैन । यो रहस्य नै अभूतपूर्व छ । शायद यही रहस्यका कारण जीवन झन बहुमूल्य लाग्छ । जीवन आफैंमा बहुआयामिक चक्रमा जेलिएको जालोजस्तो देखिन्छ । जीवन कसरी जीउने हो र कुनचाँहि बाटो उत्तम हो कोही बताउन […]
कांग्रेसले स्पष्टीकरण सोधेकोमा पालिखेको असन्तुष्टि
१९ असोज, पोखरा । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले नेपाली कांग्रेस कास्कीले आफूलाई स्पष्टीकरण सोधेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेस कास्कीले पोखरा उद्योग वाणिज्य संघको चुनावको विषयलाई लिएर पार्टी हित विपरीत कार्य गरेको भन्दै पालिखेलाई स्पष्टीकरण सोधेकोप्रति उनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी असन्तुष्टी जनाएका हुन् । नेपाली कांग्रेस […]
शिवको ‘आशुको अर्थ २’ सार्वजनिक
गायक शिव परियारको आवाजमा समावेश ‘आशुको अर्थ २’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गतबर्ष सार्वजनिक भएको ‘आशुको अर्थ’को सफलतासगै ‘आशुको अर्थ २’ बोलको गीतको भिडियो बजारमा ल्याइएको हो । शुक्रबार चितवनको भरतपुरमा आयोजना गरिएको कार्यक्रममा यसको लिरिकल भिडियो सार्वजनिक गरियो । यो गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । यो गीतको भिडियोमा स्वस्तिमा खड्का […]
उर्लाबारीमा अजिंगरले सिंगै मृग निल्यो ! (भिडियो)
१९ असोज, मोरङ । नेपाली समाजमा एउटा आहान छ– अजिंगरको आहारा दैवले आफैं जुराउँछ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । तीव्र गतिमा दौडन सक्ने मृगलाई घस्रेर हिँड्ने अजिंगरले कसरी […]
भारतबाट औषधीजन्य लागूऔषध भित्र्याउने गिरोहका नाइके समातिए
१९ असोज, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिणाममा नियन्त्रित मनोद्दिपक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर–१५ घर भइ काठमाडौं–२ बस्दै आएका ४५ वर्षीय अरुण थापा र भोजपुरको षडानन्द–११ का २४ वर्षीय अम्बरबहादुर राई छन् । उनीहरुको साथबाट ५ हजार १ सय २५ एम्पुल डाइजेपाम, फेनारगन र बुप्रिनर्फिन बरामद भएको […]
अख्तियारको योजनाः भ्रष्टाचारीलाई नछोड्ने, आयोजनाको काम नरोक्ने
१९ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभइ तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ । अघिल्ला केही […]









