१९ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार जंगीअड्डामा भएको भेटमा राजदूत जावेदले प्रधानसेनापति थापालाई बधाइ दिएका थिए । नेपाली सेनाका अनुसार थापा र राजदूत जावेदबीच द्वीपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । प्रधान सेनापति नियुक्ति भएसँगै थापाले भारत, चीनलगायतका देशका […]
Author: purnakhabar
ताइवानी पर्यटकको लेक लागेर मृत्यु
१९ असोज, सोलुखुम्बु । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए । सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थित लबुचे मदर […]
सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्यो
१९ असोज, गुल्मी । भदौ १ देखि नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएपछि गुल्मीमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढेको छ । जिल्ला अदालत गुल्मीको पछिल्लो तथ्यांकअनुसार सम्बन्धविच्छेदको माग गर्ने पुरुषहरुको संख्या धेरै छ । भदौ १ यता दर्ता भएको ३९ सम्बन्धविच्छेदका मुद्दामध्ये २१ वटा पुरुषले र १८ वटा महिलाले दर्ता गरेका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले […]
फिल्ममा असफल आशिका ‘खसिनी’ भिडियोले एकाएक भाइरल
दशैं नजिकिदै गरेको बेला ‘खसिनी’ शब्द सामाजिक सञ्जालमा चर्चित बनेको छ । यो शब्दकी जन्मदाता हुन् आशिका तामाङ । जर्मनीमा बस्ने आशिकाले हालै ‘टिकटक’ मा एउटा भिडियो पोष्ट गरिन् । उक्त भिडियो उनी मासुका लागि जनावरको हत्या नगर्न आग्रह गर्दै क्वा क्वा रोएकी छन् । ‘मासु खानुहोस, तर खसी-खसिनी नमार्नुहोला,’ भिडियोमा उनी आशु झार्दै भन्छिन्, […]
श्रीमान्-श्रीमतीको सामान्य ठाकठुकले दाम्पत्य जीवन थप कसिलो !
हाम्रो समाजमा प्रचलित भनाई छ, ‘बुढाबुढीको झगडा, परालको आगो ।’ श्रीमान् र श्रीमतीबीच सामान्य भनाभन हुन्छ । मनमुटाव हुन्छ । नोकझोंक हुन्छ । ठाकठुक पर्छ । घर-व्यवहार चलाउने क्रममा दुबैको मत नमिल्न सक्छ । यस्तो अवस्थामा हुने सानोतिनो झगडालाई सामान्य र स्वभाविक मानिन्छ । रमाइलो त के भने, श्रीमान्-श्रीमतीबीच हुने ठाकठुकले उनीहरुको सम्बन्ध थप प्रगाढ […]
दुई मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको मृत्यु
१९ असोज, कैलाली । पूर्व-पश्चिम राजमार्ग खण्डको लम्कीचुहा नगरपालिका ४ बलियामा दुई मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका २ बहनियाका ५० वर्षका भागीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । से ४ प ७३७० र से ६ प ७०४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि मृतक चौधरी चढेको मोटरसाइकल उछिटि्टएर ट्रकमुनि […]
‘सभापति छान्ने अधिकार क्रियाशील सदस्यलाई दिऊँ’
अहिले देश संघीयतामा गएको र संविधानका प्रावधानमा परिर्वतन भएको अवस्था छ । राजनीतिमा पनि ठूलो उथलपुथल आएको छ । एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टीको निर्माण भयो, जो हाम्रो प्रतिस्पर्धी पनि हो, सहयात्री पनि हो । तीन तहको चुनाव पछाडि हाम्रा आफ्ना अनुभव र बाध्यताहरु पनि छन् । यिनै पृष्ठभूमिमा नेपाली कांग्रेसको विधान परिर्माजनको […]
एपीएफको रणनीति : चार टिमलाई टक्कर, अरुलाई ठक्कर
१८ असोज, काठमाडौं । घरेलु फुटबलमा विगतदेखि नै विभागीय टोलीहरुको प्रभुत्व रहँदै आएको छ । तीन विभागीय टोलीमध्ये सबैभन्दा कान्छो र तुलनात्मक रुपमा कमजोर मानिन्छ सशस्त्र प्रहरी बलको एपीएफ । २०५७ मा स्थापना भएर २०६१ देखि फुटबल गतिविधिमा भाग लिएको एपीएफ क्लबले अहिलेसम्म ठूलो छलाङ मार्न सकेको छैन । एपीएफभन्दा निकै बलिया छन् आर्मी र […]
देश दौडाहामा रहेका विवेकशीलका नेता कर्णालीमा
१९ असोज, काठमाडौं । गत संसदीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्न चुकेको विवेकशील साझा पार्टी अहिले देश दौडाहामा निस्किएको छ । पार्टीले दशैँअघि सुदूरपश्चिम प्रदेश, कर्णालीमा प्रदेश र प्रदेश ५ मा सभाहरु गर्नेछ । संयोजकद्वय रवीन्द्र मिश्र र उज्ज्वल थापासहित पार्टीका शीर्ष नेताहरु यतिबेला सुदरपश्चिम प्रदेशमा छन् । उनीहरुले सो प्रदेशका पार्टी सदस्य तथा नेताहरुलाई प्रशिक्षण […]
निर्मला पन्त हत्या प्रकरणः मामा र सेनामाथि पनि अनुसन्धान गर्न माग
१९ असोज, काठमाडौं । नेपाल मानव अधिकारी संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ । घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी […]









