२२ असोज, काठमाडौं । ब्राजिलको राष्ट्रपतिका लागि भएको पहिलो चरणको निर्वाचनमा उग्र दक्षिणपन्थी (फार–राइट) उम्मेदवार जैर बोल्सोनारु विजयी भएका छन् । वामपन्थी वर्कर्स पार्टीका उम्मेदवार फर्नान्डो ह्याडेगलाई पछि पार्दै बोल्सोनारु विजयी भएका हुन् । तर निर्वाचनका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन भने बाल्सोनारु चुकेका छन् । पहिलो चरणमा भएको निर्वाचनको लगभग सबै मत गणना […]
Author: purnakhabar
सेभिल्ला ला लिगाको शीर्ष स्थानमा
२२ असोज, काठमाडौं । सेल्टा भिगोलाई पराजित गर्दै सेभिल्ला स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभिल्लाले सेल्टा भिगोलाई २-१ गोलअन्तरले पराजित गरेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई जित दिलाउन पाब्लो सराविया र विसम बेन यड्डरले गोल गरे । सेल्टा भिगोका लागि सोफियान बौफलले एक गोल […]
इन्टरपोलका अध्यक्ष चीनमा पक्राउ, पदबाट दिए राजीनामा
२२ असोज, काठमाडौं । हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ परेका छन् । मेंगकी श्रीमतीले उनले डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका बेला उनी चीनबाट पक्राउ परेका हुन् । चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको जनाएको छ । कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे […]
तलव वृद्धिको माग गर्दै चितवनको आरआर दाना उद्योगमा तालावन्दी
२२ असोज, चितवन । सरकारले बढाएको न्यूनतम स्केल अनुसार तलव वृद्धिको माग गर्दै मजदुरहरुले चितवनको आरआर दाना उद्योगमा तालावन्दी गरेका छन् । अखिल नेपाल औद्योगिक मजदुर संघको आह्वानमा भरतपुर महानगरपालिका वडा नम्बर १४ मा अवस्थित दाना उद्योगमा असोज १९ गतेदेखि तालावन्दी गरिएको हो । २०७५ साउन १ गतेबाट सरकारले बढाएको न्यूनतम ज्याला पाउनुपर्नेमा उद्योग व्यवस्थापनले […]
पीएसजीको जितमा एम्बाप्पेको ४ गोल
२२ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लियोनलाई ५–० गोलको भारी अन्तरले पराजित गरेको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा लियोनमाथि पीएसजीले शानदार जित हात पा¥यो । पीएसजीको जितमा किलियन एम्बाप्पे चम्किए । उनले ह्याट्रिक सहित ४ गोल गरे । त्यस्तै, एक गोल भने नेयमारको नाममा रह्यो । […]
स्मार्टफोनको अत्याधिक प्रयोगले बच्चाको मनोविज्ञानमा कसरी असर गरिरहेको छ ?
साना बच्चाहरु पनि स्माट्फोन, ट्याब्लेट जस्ता डिभाइसहरुमा अभ्यस्त भएको देख्दा लाग्छ, अहिलेका बच्चा बोल्न पछि सिक्छन् तर स्मार्टफोन चलाउन पहिले सिक्छन् । बच्चाहरु रोएको बेलामा फकाउन वा भुलाउन मोबाईल फोन दिने धेरै आमाबुबाको बानी हुन्छ । तर, धेरै आमाबुबालाई कम उमेरमै स्मार्टफोन र ग्याजेटको प्रयोगले बच्चाको मनोविज्ञानलाई प्रभावित गर्छ भन्ने कुरा थाहा नहुन सक्छ । […]
भ्यालेन्सियासँग बराबरी खेलेसँगै बार्सिलोना दोस्रो स्थानमा
२२ असोज, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँग बराबरी खेलेसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा झरेको छ । सोमबार बिहानभएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेलेको हो । बराबरीसँगै शीर्ष स्थानमा कायमै रहने अवसरलाई गुमाउँदै बार्सिलोना दोस्रो स्थानमा झरेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्याे । खेलको […]
५ वर्षमा ७९ हजार दुर्घटना, ११ हजारको ज्यान गयो
२२ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा आइतबार सार्वजनिक निर्मला हत्या छानबिन प्रतिवेदन परेको छ । प्रतिवेदनले कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको लापरबाही र हेलचेक्रयाँइ देखिएको औंल्याएको छ । द्वन्द्वकालका अपराधलाई उन्मुक्ति दिनुहुन्न’ भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई पनि आजका पत्रपत्रिकाहरुले […]
जर्मनीबाट आशिकाको प्रश्न : ‘खसिनी’ भन्दा किन आपत्ति ?
दुई वर्षअघि फिल्म ‘सुश्री’ मा नायिका बन्दा नपाएको चर्चा आशिका तामाङले करिब २ मिनेटको ‘खसिनी भिडियो’ बाट पाइन् । फलस्वरुप फेसबुकमा एक हप्ताभित्र उनका एक लाखभन्दा बढी फलोअर्स थपिएका छन् । यद्यपि, उनी यो चर्चामा त्यति खुशी भने छैनन् । खुशी नहुनुको कारण हो, यो भिडियोलाई लिएर उनको प्रशंसाभन्दा बढी मजाक भइरहेको छ । कतिपयले […]
आईजीपी खनाल भन्छन् : प्रहरी संगठनभित्रका धमिरा फाल्दैछु
२१ असाेज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनमा रहका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताएका छन् । केही मान्छेका कारण सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको उनले बताए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ । प्रहरी […]









