२१ असोज, काठमाडौं । सरकारले तीन महिनाभित्र डीपीआर तयार गर्ने र पाँच वर्षभित्र आयोजना सम्पन्न हुने गरी बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘चाइना इनर्जी’ लाई दिने गृहकार्य थालेको छ । यससँगै शहरी विकास मन्त्रालयले बाहिरी चक्रपथमा पर्ने जग्गा रोक्का गरेर ८ आनाभन्दा कममा टुक्रा गर्न र बेचविखनसमेत गर्न नदिने तयारी थालेको छ । काठमाडौं, […]
Author: purnakhabar
स्वतः स्थायीको माग गर्दै राहत शिक्षक सडकमा (९ तस्वीर)
२१ असोज, काठमाडौं । राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । देशभरका राहत शिक्षकहरुले आइतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै प्रर्दशन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । नेपाल राहत […]
नयाँ नोट साट्न बिहान ३ बजेदेखि लाइन
२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैंका लागि नयाँ नोट सटही सुविधा खुल्ला गरेको छ । नोट साट्न बिहानैदेखि ठूलो संख्यामा सर्वसाधारण लाइन लागेका छन् । यस वर्ष ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक व्यक्तिले २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । बिहान ६ बजेभन्दा पहिले […]
बलात्कार आरोपमा शिक्षक पक्राउ, यसरी बाहिरियाे कर्तुत
काभ्रेपलाञ्चोक- पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मावि तहसम्म अङ्गे्रजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई पीडितको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो । उहाँले […]
सीके राउत रौतहटबाट पक्राउ
२१ भदौ, रौतहट । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए […]
प्रधानमन्त्री ओलीले भने : द्वन्द्वको नाममा भएका सबै अपराधमा छुट हुँदैन
२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका नाममा भएका सबै अपराधमा छुट नहुने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार शुभशंकर कँडेलद्वारा लिखित अवतरण पुस्तकको सार्वजनिक गर्दै उनले द्वन्द्वका नाममा भएका मानवताविरुद्धको अपराध जसले गरे पनि उम्कन नदिइने बताएका हुन् । ‘द्वन्द्वका नाममा गरिएका सबै अपराधमा छुट हुँदैन । मानवताका विरुद्धका अपराध जसले गरेको […]
घुस्याहा डीएसपीलाई टीभीले पुगेन, सोकेस पनि चाहियो !
२१ असोज, काठमाडौं । शनिबार राति आफ्नै कार्यकक्षबाट घुससहित पक्राउ परेका नेपाल प्रहरीका बहालवाला डीएसपी श्यामकुमार राईले बालुवा व्यवसायीसँग घुसवापत ७० इञ्चको टेलिभिजन र सोकेससमेत माग गरेको खुलेको छ । घुस लिँदालिँदै रंगेहात समातिएका महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डीएसपी राईले असारदेखि नै बालुवा व्यवसायीसँग टेलिभिजन र त्यो राख्ने सोकेस माग्दै आएको अनुसन्धानका क्रममा खुलेको […]
सुनकाण्डका अभियुक्त डा. डेबिटर जेलभित्रै कक्षा १ मा भर्ना !
२१ असोज, काठमाडौं । डाक्टर डेबिटर भनेर चिनिने ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल घले कारागारभित्रै कक्षा १ मा भर्ना भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका साला डेबिटर जेलभित्रै रहेको कैदीबन्दी प्राथमिक विद्यालयमा भर्ना भएका हुन् । उनले २० जेठमा जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । अहिले उनी विद्यालयमा भर्ना […]
मानवअधिकार आयोगको निर्देशन : एसपी विष्ट र बम दिदीबहिनीमाथि अनुसन्धान गर्नू
२१ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । घटनापछि कञ्चनपुर पुगेको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई ८ बुँदे निर्देशन दिएको हो । निर्मलाकी आमाले हार गुहार गर्दा पनि खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि […]
दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको सत्तारोहण मेरा लागि अनुकूल : प्रचण्ड
२१ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले ०५८ सालमा भएको दरबार हत्याकाण्ड र सत्तामा ज्ञानेन्द्र शाहको आगमनले आफूलाई अनुकुल परिस्थिति सिर्जना गरिदिएको बताएका छन् । जनयुद्धमा होमिएपछि आफूले चाहेरमात्रै शान्ति प्रक्रियामा आउन सम्भव हुँदैनथ्यो भन्दै प्रचण्डले दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रले सम्पर्ण तागत हातमा लिएपछि परिस्थिति आफ्ना लागि अनुकुल भएको बताएका हुन् । […]









