Journalist from Itahari
समाचार

दार्चुलामा मलेरियाका बिरामी फेला

दार्चुला । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले भारतसँग सीमा जोडिएका क्षेत्रमा सहायता कक्ष स्थापना गर्न निर्देशन गरेको दुई दिनपछि यहाँस्थित जिल्ला अस्पतालमा मलेरियाका एक बिरामी भेटिएका छन् । नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका महाकाली नगरपालिका–३ जायझुलकी १५ वर्षीया दीपा भट्टमा मलेरिया भएको भेटिएको हो । लामो समयदेखि ज्वरो आएपछि अस्पताल पुगेकी भट्टको प्रयोगशाला जाँचपछि मलेरिया भेटिएको […]

Uncategorized

अच्युतकृष्ण खरेलले मेरो चरित्र हत्या गर्न खोजे: बामदेव

२२ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता  वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री गौतमले खरेलले प्रकाशन गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत र२० लाखको आफूले प्रस्ताव पठाउँदा अस्वीकार गरेको भन्ने जस्ता […]

Uncategorized

श्रेयाकी आमाको बिलौनाः हत्यारालाई फाँसी होस्

२२ असोज, पोखरा । १० वर्षीया श्रेया सुनारको बलात्कारपछि हत्या भएको ६ दिन बित्यो । यौन पिपासुको फन्दाबाट उम्कन खोज्दा श्रेयाको हत्या भयो । श्रेया परिवारलाई छोरीको झझल्को मात्रै सताउँदैन, त्यो घटनाले तर्सारहन्छ । आफ्नै छिमेकी कुसुम पौडेलको शिकार भएकी श्रेया त गइहालिन् तर, उनीहरुलाई अपराधी उम्कने हो कि भन्ने चिन्ताले परिवारको ज्यान गलाइरहेको छ […]

Uncategorized

‘पहिलो महिला सिडीओ’ पुस्तक लाकोर्पण

उषा नेपालद्वारा लिखित पुस्तक ‘पहिलो महिला सीडीओ’ लोकार्पण गरिएको छ । नेपालको पहिलो महिला सी.डी.ओ उषा नेपालद्वारा लिखित यो पुस्तक आत्मवृतान्त हो । सताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व गृहमन्त्रि योगप्रसाद उपाध्य, पूर्व उपप्रधानमन्त्रि भरतमोहन अधिकारी, पुर्व राजदुत कमल कोइराला, समाजसेवी शान्ति घिमिरेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् । पुस्तक माथि बोल्दै सताब्दी पुरुष सत्यमोहन […]

Uncategorized

नेकपाको सचिवालय बैठकः माधव नेपालको परीक्षा ?

२२ असोज, काठमाडौं । आइतबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक सोमबार एकैछिन मात्र बस्यो । माधव नेपालले दर्ता गरेको असहमतिबारे छलफल गर्ने गरी अर्को बैठक बुधबार बस्दैछ । र, यो सचिवालय बैठक बरिष्ठ नेता नेपालका लागि एउटा परीक्षाजस्तै बन्ने सो समूहका नेताको विश्लेषण छ । ‘माधव कामरेडका लागि बुधबारको बैठक ‘एसईई परीक्षा’ जस्तै हो,’ नेकपाका […]

Uncategorized

२८ घन्टापछि निकालियो तिलाको छातीमा गडेको तीनवटा छड

२२ असोज, काठमाडौं । दाङको घोराहीमा आइतबार दिउँसो एउटा डरलाग्दो दुर्घटना भयो । दुईवटा मोटरसाइकल ठोक्कियो । त्यसमध्ये एउटा मोटरसाइकल उछिटि्टएर बाटोमा हिँडिरहेकी तिला परियारलाई लाग्यो । उनी रड बोकेको ट्याक्टरमा ठोक्किन पुगिन् र उनको छातीमा तीनवटा रड छिर्‍यो । उनको एउटा घाँटीबाट बाहिर निस्कियो भने दुईवटा रड कुमबाट बाहिर निस्कियो । सोच्दा पनि आङ […]

Uncategorized

मुख्यमन्त्रीको गुनासो : तथ्यांक नै छैन, कसरी योजना बनाउने ?

२२ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुक संघीयतामा गइसकेपछि तथ्याङ्कको प्रश्न जटिल बनेको बताएका छन् । संघीयता कार्यान्वयनमा आएसंगै जिल्लास्तरका कार्यालयहरु खारेज हुँदा प्रदेश सरकारलाई तथ्यांक संकलन र अद्यावधिक गर्ने काम जटिल बन्न पुगेको मुख्यमन्त्रीको भनाइ छ । राष्ट्रिय योजना आयोगले सोमबार बुटवलमा गरेको दिगो विकास लक्ष्यमैत्री योजना, अनुगमन मुल्याङकन तथा […]

Uncategorized

हृयुम पाइपले किचेर चार बालबालिका घाइते

वीगरञ्ज । वीरगञ्ज महानगर १९ स्थित रातो बंगला परिसरमा हृयुम पाइपले किचेर चार बालबालिका घाइते भएका छन् । एसियाली विकास बैंकको परियोजनाका लागि हृयुम पाइपहरु रातो बंगला परिसरमा थुपारेर राखिएको छ । त्यहाँ खेल्ने क्रममा हृयुम पाइप गुडेर बालबालिकालाई किचेको प्रहरीले जनाएको छ । महानगरपालिकाको क्रेन लगेर उनीहरुको उद्दार गरिएको छ । घाइते मध्ये ९ […]

Uncategorized

छानी-छानी दशैंका खसीः घोर्ले किन्ने कि तिल्काने ? (फोटोफिचर)

२२ असोज, काठमाडौं । भनिन्छ, घोर्ले खसी किन्यो भने घाटा पर्दैन । यो खँदिलो मात्रै हैन, यसको मासु पनि स्वादिलो हुन्छ भन्ने पुरानो मान्यता छ । दशैंको चहलपहल बाक्लिएपछि काठमाडौंमा खसी बजारमा छानी-छानी यस्तै किस्सा गर्दै खसी किन्नेको भीड छ । कसैलाई जुन मूल्यमा भएपनि घोर्ले खसी नै चाहिएको छ भने कसैलाई विकासे हैन, लोकल […]

Uncategorized

प्रदेश राजधानीबारे सहमतिमै निर्णयः सभामुख श्रेष्ठ 

२२ असोज, हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी सहमतिमै तोक्ने प्रयास हुने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश भएको छ । संसदीय समितिले काभ्रे, भक्तपुर, नुवाकोट, चितवन र मकवानपुर गरी पाँच जिल्लालाई विकल्पका रुपमा अघि सारेको छ । प्रदेशसभाका सभामुख श्रेष्ठले राजधानीबारे सहमतिमै निर्णय गराउने प्रयास भइरहेको बताए । […]