वीगरञ्ज । वीरगञ्ज महानगर १९ स्थित रातो बंगला परिसरमा हृयुम पाइपले किचेर चार बालबालिका घाइते भएका छन् ।
एसियाली विकास बैंकको परियोजनाका लागि हृयुम पाइपहरु रातो बंगला परिसरमा थुपारेर राखिएको छ । त्यहाँ खेल्ने क्रममा हृयुम पाइप गुडेर बालबालिकालाई किचेको प्रहरीले जनाएको छ ।
महानगरपालिकाको क्रेन लगेर उनीहरुको उद्दार गरिएको छ । घाइते मध्ये ९ वर्षीया आयुषा यादव र ८ वर्षका रोहित राउतको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । आयुषाको अनुहार, खुट्टामा चोट लागेको छ भने रोहितको हातमा चोट लागेको छ ।
यस्तै जिरा भवानी १ का गोविन्द चौधरीका दुई छोरी पनि घाइते भएका छन् । १० वर्षकी अनुष्काको एउटा खुट्टा भाँच्चिएको छ भने ७ वर्षीया अंकिताको टाउकोमा चोट लागेको छ ।
दुबैको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।



