Uncategorized

‘पहिलो महिला सिडीओ’ पुस्तक लाकोर्पण

उषा नेपालद्वारा लिखित पुस्तक ‘पहिलो महिला सीडीओ’ लोकार्पण गरिएको छ । नेपालको पहिलो महिला सी.डी.ओ उषा नेपालद्वारा लिखित यो पुस्तक आत्मवृतान्त हो । सताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व गृहमन्त्रि योगप्रसाद उपाध्य, पूर्व उपप्रधानमन्त्रि भरतमोहन अधिकारी, पुर्व राजदुत कमल कोइराला, समाजसेवी शान्ति घिमिरेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तक माथि बोल्दै सताब्दी पुरुष सत्यमोहन जोशीले लेखक निडर, साहसी प्रतिकका रुपमा तत्कालिन अवस्थामा चिरपरिचित अनुहार रहेको र वर्तमान समयमा बजारमा आएको पुस्तकले नेपाली समाजको तत्कालिन समयमा महिलाले भोग्नुपरेको समस्याको चित्रण, उल्झन गर्दै सफलताको पाठ पढाउने बताए ।

लेखकले आगामि दिनमा पनि पुस्तक लेखेर समाजलाई आफनो भोगाई बाडनेमा आफु बिश्वस्त रहेको बताइन् । आफु एकल महिला भएको र त्यो १३ दिनको कि्रया बस्दा र सेतो लाउदा फिल नहने तर समाजले र घरले विधवाको व्यवहार गर्दै गएपछि पीडावोध भएको अनुभव सुनाउँदै उनले भनिन्, ‘पढाईले मात्र नेपाली महिला अगाडि जान सक्ने रहेछ । यस पुस्तक ति तमाम महिलाका लागि प्रेरणा स्रोत बन्न सक्छ, जो केही गर्ने हिम्मत गर्छन् ।’

घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकालले नेपाली समाजको इतिहास बनाउन आफुहरुले हरेक ब्यक्तिको किताब तयार गरिरहेको र त्यो सानो ठुलो समाजको पहिलो दोस्रो नभनि अगाडी बढिरहेकोमा उषा नेपालको पुस्तकले नेपाली समाजको महिला मनोविज्ञान उच्च पार्ने बताए ।

पुस्तकको मुल्य रु ३५० रहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *