कात्तिक ४, रोल्पा । रोल्पामा घरमा जडान गरेको सोलार सट भएर आगलागी हुँदा एक घर खरानी भएको छ रोल्पा नगरपालिका १० धवाङस्थित मनराख रोका मगरको दुईतले कच्ची घरमा भएको आगलागीवाट लाखौको धनमाल क्षति भएको हो । मनराखले ३ वर्ष अघि मात्र निर्माण गरेको उक्त घर आगलागी हुँदा करिव २५ लाख वरावरको क्षति भएको वताइएको छ […]
Author: admin
ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन्
कात्तिक ४, बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन् । हरेक वर्ष दशैँको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले […]
गाडी दुर्घटनामा आमा-छोराको मृत्यु
कात्तिक ३, रामेछाप । रामेछाप-२ खरानेमा सुमो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । मृतक दुई आमा छोरा हुन् । दुर्घटनामा रामेछाप नगरपालिका-१ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनकी ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको सोही वडाका वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए । रामेछापको कुकुरकाटेबाट […]
दशैँमा कतिले छाडे राजधानी ?
कात्तिक ३, काठमाडौं । हरेक वर्ष दसैंका बेला स्थलमार्ग हुँदै लाखौंको संख्यामा नेपालीहरू गाउँघर फर्कने गर्छन्। रोजगारी र अध्ययनका लागि अन्य क्षेत्रबाट राजधानी काठमाडौं आएर बसोबास गरिरहेका लाखौं नेपालीले दसैंका बेला राजधानी छाडेको प्रहरी अधिकारीहरू र व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार हरेक वर्ष दसैंका बेला स्थलमार्ग हुँदै लाखौंको संख्यामा नेपालीहरू गाउँघर फर्कने गर्छन्। पछिल्ला वर्षहरूमा […]
घरेलु मैदानमा रियलको लज्जास्पद हार
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड घरेलु मैदान सान्टियागो बर्नाबाउमा लेभान्तेसँग २-१ ले पराजित भएको छ । पहिलो हाफको सुरुवाती समयमा नै रियल पछाडि परेको थियो । लेभान्तेका लुइस मोरालेसले सातौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले सर्जियो पोस्टिगोको पासमा गोल गरेका थिए । त्यसको ६ मिनेटमा […]
१४ बर्षिया बालिकालाई जवरजस्ती गर्न खोज्ने रुकुमका एक युवक पक्राउ
कार्तिक ०३, रुकुम । रुकुम(पश्चिम)मा १४ वर्षीया बालिकालाई जवजस्ती करणी गर्न खोज्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका ५ लहरे सिमलका २० वर्षीय समिर केसी रहेका छन् । घटनामा संलग्न १९ वर्षिय तिलक केसी भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक […]
खुकुरी प्रहार गरी २७ वर्षीय युवकको हत्या
कत्तिक ३, मोरङ । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका […]
सिम्रिकले ल्यायो अत्याधुनिक हेलिकोप्टर, यस्ता छन् विशेषता
कत्तिक २, काठमाडौं । निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले शुक्रबार अत्याधुनिक हेलिकोप्टर भित्र्याएको छ । ९एन एकेडी कल साइन रहेको एएस ३५० बीथ्रीई (एच १२५) हेलिकोप्टर शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। अत्याधुनिक प्रविधि जडित हेलिकोप्टर नेपाली हेलिकोप्टर उद्योगमा कोषेढुङ्गा सावित हुने विश्वास कम्पनीले लिएको छ । खोज तथा उद्दार, दृश्यावलोकन, […]
भारतमा ठूलो रेल दुर्घटना, कम्तिमा ५० को मृत्यु
कात्तिक २, काठमाडौं । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको […]
दाङमा मर्निङ वाकमा निस्किएका एक ब्यक्ति मृत भेटीए
कात्तिक २, दाङ । दाङ तुलसीपुरमा मर्निङ वाक गएका एक व्यक्ति मृत अबस्थामा भेटिएका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ५ का ३९ बर्षिय उमेश पुरी टरिगाउँ ऐयरपोर्ट नजिक मृत अवस्थामा भेटिएका हुन् । उनलाई शुक्रबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना के कारणले कसरी भएको भन्नेबारे नखुलेको ईप्रका तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले […]









