Banner News

दशैँमा कतिले छाडे राजधानी ?

कात्तिक ३, काठमाडौं । हरेक वर्ष दसै‌ंका बेला स्थलमार्ग हुँदै लाखौंको संख्यामा नेपालीहरू गाउँघर फर्कने गर्छन्।

रोजगारी र अध्ययनका लागि अन्य क्षेत्रबाट राजधानी काठमाडौं आएर बसोबास गरिरहेका लाखौं नेपालीले दसै‌ंका बेला राजधानी छाडेको प्रहरी अधिकारीहरू र व्यवसायीहरूले बताएका छन्।

उनीहरूका अनुसार हरेक वर्ष दसै‌ंका बेला स्थलमार्ग हुँदै लाखौंको संख्यामा नेपालीहरू गाउँघर फर्कने गर्छन्।

पछिल्ला वर्षहरूमा हवाई मार्गबाट फर्कनेको संख्यासमेत उल्लेख्य बढेको प्रहरीले जनाएको छ। दसै‌ं मनाउन घर गएकामध्ये केही कोजाग्रात पूर्णिमापछि फर्कने गर्छन् भने केही चाहिँ तिहार र छठ पर्व मनाएर फर्कने गरेका छन्।

देश संघीय संरचनामा गएपनि अवसर र सुविधाको खोजीमा अन्यत्रबाट काठमाडौं आउने क्रम नघटेको जानकारहरू बताउँछन्। व्यापार-व्यवसाय, रोजगारी र पढाइका लागि अन्य सहरमा काठमाडौंको जस्तो सुविधा नभएको धेरैको तर्क हुने गर्छ।

तर, वर्षभर राजधानीमा बसेर काम गर्ने वा पढ्नेहरू पनि दसै‌ंमा भने घर फर्कने गर्छन्। घटनस्थापनापछि घर फर्कनेको संख्या ह्वात्तै बढ्दा यसबेला सार्वजनिक यातायातलाई भ्याइनभ्याइ हुन्छ।

कति बाहिरिन्छन्?

ट्राफिक प्रहरीका अनुसार दसै‌ंका बेला काठमाडौंबाट स्थलमार्ग हुँदै करिब २५ लाख यात्रु बाहिरिन्छन्।

सवारी दुर्घटना रोक्न र सवारी आवतजावत व्यवस्थापन गर्न ट्रफिक निर्देशनालयले आफ्नै मातहतका ट्राफिक कार्यालयहरूमार्फत छुट्टै सुरक्षा योजना बनाएर कार्यान्वयन गराइरहेको छ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले दसै‌ंका बेलामा यात्रुको चाप बढ्ने हुँदा दुर्घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाइएको बताए।

उनले भने, ‘सवारी दुर्घटना रोक्न र सवारी आवतजावत व्यवस्थापन गर्न ट्रफिक निर्देशनालयले आफ्नै मातहतका ट्राफिक कार्यालयहरूमार्फत छुट्टै सुरक्षा योजना बनाएर कार्यान्वयन गराइरहेको छ।’

यातायात व्यवसायीहरू दसै‌ंका बेलामा नै सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने बताउँछन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘यो ५-६ दिनको समयमा पाँच हजार जति सवारी साधन उपत्यका बाहिर जाने र उत्तिकै संख्यामा आउने गर्छन्।’

व्यवसायी र प्रहरीका अनुसार उपत्यकाको कलंकी, कोटेश्वर, बालाजु, बल्खु र साँखु नाकाहुँदै यात्रुहरू बाहिरिने गर्छन्।

भिडभाड धेरै हुने तथा छतमा समेत यात्रु राखेर यातायातका साधन चलाइने गरेकाले यसबेला सवारी दुर्घटना पनि बढ्ने भएकाले सबै सचेत हुनुपर्नेमा अधिकारीहरू जोड दिन्छन्।

-बिबिसीबाट

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *