३० कात्तिक, विराटनगर । मोरङमा पछिल्लो दश महिनामा ११ जनाको हत्या भएको छ । इन्सेक मोरङको तथ्यांकअनुसार १ जनबरीदेखि हालसम्म १३५ वटा घटनामा १७१ जना पीडित बनेका छन् । सबैभन्दा बढी बलात्कारका घटना ५५, बलात्कार प्रयास २७ वटा, घरेलु हिसा ७ वटा, बहुविवाह १० र हत्याका ११ वटा घटना भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा […]
Author: purnakhabar
तिहार र छठमा ६ जुवाखालमा छापा, ४२ जना पक्राउ
३० कात्तिक मोरङ । तिहार तथा छठ पर्वको दुई साताको अवधिमा प्रहरीले ६ जुवा खालबाट ४२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले कात्तिक १४ गतेदेखि २५ गतेसम्म जुवा अप्रेसन अन्तर्गत ६ वटा जुवा खालबाट ४२ जना पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट जम्मा ८ लाख ८६ हजार ५०१ रुपैया रकम बरामद […]
आमाको हत्यापछि बिचल्ली परेका ४ बालबालिकाको उद्दार
३० कात्तिक, गुल्मी । आमाको हत्या आरोपमा बुबा पक्राउ परेपछि विचल्लीमा परेका ४ जना बालवालिकाको उद्दार गरिएको छ । मदाने गाउँपालिका ६ पनाहा निवासी ३३ वर्षका दुर्गा नेपाली आफ्नै श्रीमती ३१ वर्षकी सीता नेपालीको हत्या आरोपमा पक्राउ परेपछि उनीहरुका ४ सन्तानको विचल्ली भएको थियो । बर्ष ११ का बिपिन नेपाली, बर्ष ८ कि बिपना नेपाली, […]
करेन्ट लागेर युवतीको मृत्यु
सप्तरी, ३० कात्तिक । राजविराज नगरपालिकामा करेन्ट लागेर युवतीको मृत्यु भएको छ । शुक्रबार दिउँसो करेन्ट लाग्दा ३० बर्षीया रेखादेवी यादवको मृत्यु भएको हो । उनलाई राजविराज नगरपालिका ११ झलहीस्थित आफनै घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याए पनि […]
वीरगञ्जको हड्डी कारखाना संसदीय समितिको निगरानीमा
३० कात्तिक, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पर्साको वीरगञ्ज सौराहमा रहेको हड्डी कारखानाको अनुगमन गर्ने भएको छ । हड्डी कारखानाका कारण दुर्गन्ध फैलिएको र वातावरण प्रदुषण भएको भन्दै समितिमा उजुरी परेको थियो । शुक्रबार बसेको समिति बैठकले उक्त उजुरीमाथि छलफल गर्दै हड्डी कारखानाको स्थालगत अनुगमन गर्नुपर्ने निश्कर्ष निकालेको […]
पोखराका होटलमा ७० प्रतिशत अकुपेन्सी
३० कात्तिक, पोखरा । दशैं तिहार अघिसम्म आधा खाली रहेका पोखराका होटलहरुमा पाहुनाको संख्या क्षमताको ७० प्रतिशतसम्म पुगेको छ । दशैं तिहारको समयमा अकुपेन्सी ह्वात्तै बढेको र यो क्रम अझै रहेको होटल व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रमा अक्टोबर र नोभेम्वर पिक सिजन मानिन्छ । तर यस वर्ष अक्टोबरको शुरुवातमा पर्यटक कम आउँदा होटल व्यवसायीहरु […]
गृहमन्त्री बादल र यूएनएचसीआरका एशिया निर्देशकबीच भेटवार्ता
काठमाडौँ, ३० कात्तिक ।गृहमन्त्री रामबहादुर थापा’बादल’सँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेट गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्यालगायतका शरणार्थीको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र […]
पाँच वर्षमा १२ लाख करदाता थप्ने सरकारको लक्ष्य
३० कात्तिक, काठमाडौं । सरकारले पाँच वर्षमा १२ लाख करदाता बढाउने लक्ष्य लिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले ५ वर्षमा १२ लाख करदाता बढाउने लक्ष्यका साथ काम भईरहेको जानकारी दिए । सातौं राष्ट्रिय कर दिवसबारे जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस वर्षको दिवस करदातालाई जागृत गराउन केन्द्रित हुने पनि […]
कच्चा कफीको मूल्य निर्धारण, आयात बढ्दा निर्यात घट्यो
३० कात्तिक, काठमाडौं । यस वर्षका लागि कच्चा कफीको मूल्य निर्धारण भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोलि -मंसिर १ गते) देखि लागु हुने गरी यो वर्षका लागि कच्चा कफीको मूल्य तोकेको हो । बोर्डका अनुसार ए ग्रेडको फ्रेस चेरी कफीको मूल्य यसवर्षका लागि प्रतिकिलो ८५ रुपैयाँ निर्धारण गरिएको छ । बि […]
संयुक्त राष्ट्रसंघकी नायव महासचिवले भेटिन् राष्ट्रपति भण्डारीलाई
३० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघकी नायव महासचिव अमिना जे महोम्मदले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् । राष्ट्रपति भवन निवास शीतल निवास पुगेर नायव महासचिव अमिनाले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी हुन् । भेटका क्रममा राष्ट्रसंघको सहयोगमा नेपालमा सञ्चालन भइरहेका कार्यक्रमहरु र नेपाल र संयुक्त राष्ट्र संघबीच आपसी सहयोग वृद्धि गर्ने लगायतका विषयमा […]









