२ मङ्सिर, काठमाडौं । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेसन थिएटर) रहने छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा […]
Author: purnakhabar
एक महिना भित्र प्रदेशमै चिया कफी बोर्ड स्थापना गर्छौंः मन्त्री आङ्बो
२ मंसिर, मोरङ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चिया तथा कफी बिकास बोर्डको स्वामित्व हस्तान्त्रण नगरे १ महिनाभित्र प्रदेशस्तरीय चिया कफी बोर्ड स्थापना गर्ने बताएका छन् । चिया उत्पादनको हिस्सा प्रदेश १ ले ९९ प्रतिशत ओगटेको छ । तर, चिया कफी बोर्ड भने केन्द्रीय तहमा रहेको बताउदै मन्त्री आङ्बोले […]
ए डिभिजन लिग : मछिन्द्र र पुलिसबीच गोलरहित बराबरी
२ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले बलियो मानिएको विभागीय टिम नेपाल पुलिससँग गोलरहित बराबरी खेल्दै अंक खोस्न सफल भएको छ । आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा विभागीय टिम पुलिसलाई मछिन्द्रले गोलरहित बराबरीमा रोकेको हो । मछिन्द्रले रक्षात्मक खेल खेलेको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको […]
ट्रकले च्यापिएर हेटौंडामा दुईजनाको मृत्यु
२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिएका थिए । सोही दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकले च्याप्दा ना४६प ६२१ नम्बरको मोटरसाइकलका चालक हेटौंडा-४ का २० […]
सिन्धुलीको दूधौलीमा भोलि सार्वजनिक बिदा
२ मङ्सिर, सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । उक्त नगरपालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की एकादशीका रुपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए । दनुवार समुदायले मात्र नभइ […]
श्रीलंकासँगको टेष्ट सिरिज एक खेलअघि नै इंग्ल्यान्डको पोल्टामा
२ मंसिर, काठमाडौं । श्रीलंका भ्रमणमा रहेको इंग्ल्यान्डले एक खेलअघि नै टेष्ट क्रिकेट सिरिज जितेको छ । आइतबार सम्पन्न दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकालाई ५७ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो कब्जामा बनाएको हो । ३०१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले चौथो दिनसम्ममा ७ विकेटको क्षतिमा २२६ रन बनाएको थियो भने जितको लागि […]
हिउँदे अधिवेशनको पहिलो बैठकको एजेण्डा चिकित्सा शिक्षा विधेयक !
२ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक संसदको आगामी अधिवेशनको पहिलो बैठकमै पेश गर्ने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले मंसिर ९ गतेबाट दफावार छलफल सुरु गर्ने निर्णय गरेको हो । समिति अन्तरगतको उपसमितिले सरोकारवालाहरुसँग छलफल गरिसकेको छ भने अब संशोधनमाथि दफावार छलफल हुनेछ । संसदको हिउँदे अधिवेशनको […]
बच्चालाई निस्फिक्री माटोमा खेल्न दिनुपर्छ, यस्तो छ १० फाइदा
अहिलेका सचेत अभिभावक ठान्छन्, ‘बालबालिका सुकिला-मुकिला हुनुपर्छ ।’ उनीहरुलाई आफ्नो छोराछोरी धुलो-माटोको सम्पर्कमा आएको निको लाग्दैन । छोराछोरी सुकिला होस्, धुलो-माटो नखेलुन्, लुगाफाटोमा फोहोर नलागोस्, हात-खुट्टा सफा होस् भन्ने लाग्छ । त्यही कारण छोराछोरीलाई घरभित्रै खेल्ने वातावरण मिलाइन्छ । घरको परिधिबाट बाहिर निस्कन अनुमति दिइदैन । तर, कुनैपनि बालबालिकाको शारीरिक र मानसिक विकास सही रुपले […]
नेपाल इन्भेष्टमेन्टले कमायो धेरै मुनाफा, कुन बैंकले कति कमाए ?
२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षमा २७ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा यस बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५ करोड ४६ लाख रुपैयाँ मुनाफा गरेको हो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने हालसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन । […]
बढ्दो उमेरमा कसरी जवान देखिने ? यी हुन् प्राकृतिक काइदा
बल, बैंश र सौन्दर्य सधै एकनास रहँदैन । जीवन जति-जति छोटो हुँदै जान्छ, यी कुरा पनि क्रमस खिइदै जान्छ । शिथिल हुँदै जान्छ । अनि बुढ्यौलीले छोप्छ । बल सकिन्छ । बैंश रित्तिन्छ । सौन्दर्य निखि्रन्छ । साथसाथै हाम्रो अनुहारको चमक, ओज हराउँछ । मान्छेको मनोविज्ञान के हुन्छ भने, आफुलाई सधै जवान देखाउने । सधै […]









