Uncategorized

नेपाल इन्भेष्टमेन्टले कमायो धेरै मुनाफा, कुन बैंकले कति कमाए ?

२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षमा २७ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा यस बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५ करोड ४६ लाख रुपैयाँ मुनाफा गरेको हो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने हालसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

बैंक वित्तहरु मध्ये गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिरेर सम्मानित भएको नविल बैंकले पनि नेपाल इन्भेष्टमेन्टकै हाराराहारीमा मूनाफा आर्जन गरेको छ ।

करिब २२ लाख रुपैयाँ कम नाफा कमाएकाले नविल बैंक दोस्रो स्थानमा देखिएको छ । नविलले यस अवधिमा जम्मा १ अर्व ५ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ । तेस्रो स्थानमा भने नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेड देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैयमासमा यस बैंकले ९१ करोड ३८ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । यस अवधिमा एनआसी एसिया बैंकले ७५ करोड रुपैयाँ आर्जन गरेको भनेक कृषि विकास बैंकले ६६ करोड ३१ करोड रुपैयाँ कमाएको छ ।

हिमालयन बैंकले ६४ करोड र एभरेष्ट बैंकले ६३ करोड ३३ लाख रुपैयाँ कमाउदा प्रभु बैंकले ५९ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी प्राइमले कमर्सियल बैंकले ५८ करोड १९ लाख, एनएमबी बैंकले ५५ करोड, ग्लोबल आइएमई बैंकले ५३ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ५२ करोड ५० लाख, सानिमा बैंकले ५१ करोड ८८ करोड, नेपाल एसविआइ बैंकले ४८ करोड, सिटिजन्स बैंकले ४३ करोड १३ लाख, मेगा बैंकले ४० करोड ४५ लाख रुपैयाँ आर्जन गरेका छन् ।

४० करोड भन्दा कम कमाउने

केहि बैंकले भने ३ महिनाको मूनाफा ४० करोड पुर्याउन सकेका छैनन् । चालु आर्थिक वर्षको पहिलो त्रैयमासमा बैंक अफ काठमाडुले ३८ करोड रुपैयाँ कमाएको छ भने माछापुच्छ्रे बैंकले ३७ करोड १६ लाख रुपैयाँ कमाएको छ ।

यसैगरी कुमारी बैंकले ३५ करोड १८ लाख रुपैयाँ, सनराइज बैंकले ३३ करोड १४ लाख, लक्ष्मी बैंकले ३० करोड ३० लाख, जनता बैंकले ३२ करोड १९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

यस अवधिमा सेन्चुरी कमर्सियल बैंकले २६ करोड ४ लाख रुपैयाँ कमाउदा सिभिल बैंकले १८ करोड रुपैयाँ नाफा गरेको छ । सम्भवतः सिभिल बैंक नै यस वर्ष कम नाफा कमाउने बैंक बन्नेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *