२१ असोज, काठमाडौं । शनिबार राति आफ्नै कार्यकक्षबाट घुससहित पक्राउ परेका नेपाल प्रहरीका बहालवाला डीएसपी श्यामकुमार राईले बालुवा व्यवसायीसँग घुसवापत ७० इञ्चको टेलिभिजन र सोकेससमेत माग गरेको खुलेको छ । घुस लिँदालिँदै रंगेहात समातिएका महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डीएसपी राईले असारदेखि नै बालुवा व्यवसायीसँग टेलिभिजन र त्यो राख्ने सोकेस माग्दै आएको अनुसन्धानका क्रममा खुलेको […]
Author: purnakhabar
प्रदेश ५ सरकारद्वारा १५ विधेयकका अवधारणा स्वीकृत
२१ असोज, बुटवल । प्रदेश ५ सरकारले ऐन निर्माणका लागि विभिन्न मन्त्रालयबाट पेश भएका विधेयक, निर्देशिका र नीतिका १५ वटा अवधारणा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद वैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट पेश भएको सुशासन (व्यवस्थापन तथा संचालन) गर्न बन्ने विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले […]
गौचन हत्याका नाइके गोलघरको पाहुना !
२१ असोज, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य नाइके समीरमान सिंह बस्न्यातलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ । झण्डै एक वर्षदेखि ललितपुरको नख्खु कारागारमा रहेका उनलाई १५ असोजमा मुस्ताङ कारागार लगिएको थियो । त्यसमा परिवारले आपत्ति जनाए, इन्काउन्टर गर्न खोजेको भन्दै सर्वोच्चमा रिट हाले । सर्वोच्च अदालतले २४ घन्टाभित्र […]
द्वन्द्वको नाममा भएका सबै अपराधमा छुट हुँदैन : ओली
२१ असोज, काठमाडौं । द्वन्द्वका नाममा गरेका सबै अपराध छुट नहुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले द्वन्द्वका नाममा भएका मानवताविरुद्धको अपराध जसले गरे पनि उम्कन नदिइने बताएका हुन् । ‘द्वन्द्वका नाममा गरिएका सबै अपराधमा छुट हुँदैन । मानवताका विरुद्धका अपराध जसले गरेको भए पनि दोषीलाई उम्कन दिदैनौं’ उनले भने । शान्ति […]
पाकिस्तानी कलाकारलाई काखी च्यापेको भन्दै सलमानमाथि खनिए अभिजित
पाकिस्तानी कलाकारहरुलाई बलिउडमा काम गर्न दिने कि नदिने भनेर भारतमा केही समययता विवाद उब्जिदै आएको छ । मुस्लिम भारतीयहरु पाकिस्तानीप्रति सहानुभूति राख्छन् र उनीहरुलाई स्थान दिनुपर्ने मान्यतामा छन् । तर, हिन्दूवादीहरु चाहिँ पाकिस्तानीलाई लखेट्नुपर्छ भन्छन् । लखेट्नुपर्छ भन्ने लाइनका एक जना हुन् गायक अभिजित । उनले बारम्बार पाकिस्तानी कलाकारको विरोधमा बोल्दै आएका छन् । पछिल्लो […]
सीके राउत रौतहटबाट पक्राउ
२१ भदौ, रौतहट । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए […]
नेकपाको सचिवालय बैठक भोलि विहानका लागि सर्यो
२१ असोज, काठमाडौं । आइतबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको व्यस्तताका कारणे बैठक स्थगित भएको हो । सोमबार विहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रदेश पदाधिकारीको चयन र सरकारको काम-कारबाहीलाई […]
आयुष्मान र परमिताको ब्रेकअपपछिको मिलन
आइतबार आयोजना भएको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक कार्यक्रममा केही भिन्न बन्यो । कार्यक्रम भिन्न बन्नुको कारण थियो पूर्व प्रेम जोडी आयुष्मान देशराज जोशी र परमिता आर एल राणाको उपस्थिती । सुरुवातमा परमिता आयुष्मान भन्दा पर बसेकी थिइन् । तर, चलचित्रका निर्माता माधव वाग्लेले परमितालाई आफू बसेको ठाउँ छाडिदिएपछि आयुष्मान र परमिता एकसाथ भए । […]
सन्दीपले ३ खेलमै लिए १४ विकेट
२१ असोज, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले मलेसियामा जारी टि-ट्वान्टी विश्व कप क्रिकेटको एसिया छनोटमा ३ खेलमा १४ विकेट लिएका छन् । उनले आइतबार थाइल्यान्डविरुद्धको खेलमा ५ विकेट लिए । ३ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राखेर ८ रन खर्चिदै ५ विकेट लिए । उनको धारिलो बलिङ थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले धान्न […]
मन्त्रालय नटुक्रयाउन प्रदेश १ सरकारलाई सांसदको चेतावनी
२१ असोज, विराटनगर । प्रदेश १ का प्रदेश सभा सदस्यहरुले सरकारका प्रशासनिक संरचनाहरु टुक्राउन नहुनेमा जोड दिएका छन् । प्रदेश सरकारले जनतालाई सेवा दिने नाममा मन्त्रालयहरु विकेन्द्रित गर्ने सोच बनाइरहेका बेला प्रदेश सदस्यहरुले त्यसको बिरोध गरेका हुन् । प्रदेश सभाको आइतबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले जनतालाई सेवा दिने नाममा […]









