Uncategorized

द्वन्द्वको नाममा भएका सबै अपराधमा छुट हुँदैन : ओली

२१ असोज, काठमाडौं । द्वन्द्वका नाममा गरेका सबै अपराध छुट नहुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित  एक कार्यक्रममा उनले द्वन्द्वका नाममा भएका मानवताविरुद्धको अपराध जसले गरे पनि उम्कन नदिइने बताएका हुन् ।

‘द्वन्द्वका नाममा गरिएका सबै अपराधमा छुट हुँदैन । मानवताका विरुद्धका अपराध जसले गरेको भए पनि दोषीलाई उम्कन दिदैनौं’ उनले भने ।

शान्ति प्रक्रिया टुंगिएर नयाँ युगमा प्रवेश गरे पनि शान्ति प्रक्रियाका केही अवशेषहरु बाँकी रहेको भन्दै ओलीले त्यसलाई पनि मौलिक ढंगले टुंग्याउने बताए । ‘शान्ति प्रक्रियाका केही अवशेष बाकी छन् । ती टुंगोमा पुर्‍याउछौं, अब धेरै चिन्ता लिनुपर्दैन । यसलाई अनुपयुक्त ढंगले होइन, पीडितले न्याय नपाउने गरी होइन । मौलिक ढंगले टुंग्याउछौं’ उनले भने ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *