५ मंसिर, काठमाडौं । प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बुधबारदेखि सुरु भएको छ । भद्रकालीस्थित आर्मी मुख्यालयको मैदानमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर एकलाई हराउँदै प्रदेश नम्बर सात क्वाटरफाइनलमा पुगेको छ । प्रतियोगितामा भारत सिक्किम र बिहारको टिमसहित विभागीय टिम नेपाल आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ […]
Author: purnakhabar
१८ सय ग्राममाथिका कुखुरा प्रतिबन्ध लगाउन माग
५ मंसिर, बुटवल । ब्रोइलर कुखुरापालक किसानले अठार सय ग्राम तौलभन्दा माथिको जिउँदो कुखुरा बजारमा प्रतिबन्ध लगाउन माग गरेका छन् । यस्तो माग राख्दै लुम्बिनी ब्रोइलर कुखुरापालक किसान संघले बुधबार बुटवलमा विरोध र्यालीसमेत निकालेको छ । विश्व स्वास्थ्य संगठनले १८ सय ग्राम भन्दा माथिको जिउँदो कुखुरा मानव स्वास्थ्यका लागि हानिकारक भएको प्रमाणित गरे पनि सरकारले […]
लुम्बिनीमा मासु र मदिरा निषेध
५ मंसिर, बुटवल । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । पञ्चशील क्षेत्र घोषणासंगै अब लुम्बिनी गुरुयोजनाले समेटेको क्षेत्रभित्र पशु काटमार, मासु सेवन र मदिरा सेवन निषेध हुनेछ । प्राणी हिंसाबाट टाढा रहनु, मद्यपान नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु र व्यभिचार नगर्नु बुद्धका पञ्चशील सिद्धान्तमा पर्दछन् । यसअघि वनभोजमा आउने समूहले लुम्बिनी परिसरभित्रै […]
ट्याक्टरबाट खसेर मृत्यु
५ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २७ कोहडी बस्ने शिवधार साह गोढको मृत्यु भएको हो । मेला भर्नका लागि जाँदै गरेको ना ४ त ४३७६ नम्बरको ट्याक्टरबाट खुशी आयल स्टोर्स नजिकै शिवधार खसेका थिए । खसेलगत्तै सोही ट्याक्टरले किचेर उनको मृत्यु भएको जिल्ला […]
प्रधानसेनापति महिला फुटबल : अन्तिम समयको गोलले प्रदेश ७ क्वार्टरफाइनलमा
५ मंसिर, काठमाडौं । प्रधानसेनापति छैठौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा अस्मिता चौधरीको अन्तिम समयको गोलले प्रदेश नम्बर एकलाई हराउँदै प्रदेश सात क्वाटरफाइनलमा पुगेको छ । १–१ को बराबरीमा रहेको खेलमा ९० औँ मिनेटमा अस्मिताले गोल गरेकी थिइन् । त्यसअघि खेलको ४१ औँ मिनेटमा प्रदेश सातकी निलम सिंहले गोल गर्दै अग्रता दिलाएकी थिइन् । ८३ औँ […]
क्रान्तिपछि पुरानो सत्ता १० गुणा बलियो हुन सक्छः प्रचण्ड
५ मंसिर, काठमाडौं । आजभन्दा १२ वर्षअघि सम्पन्न शान्ति सम्झौताका दुई हस्ताक्षरकर्तामध्ये गिरिजाप्रसाद कोइराला हामीसँग छैनन्, प्रचण्ड मात्र जीवित छन् । आखिर, माओवादी कमाण्डर प्रचण्डले के सोचेर जनयुद्ध सञ्चालन गरेका थिए ? अनि के सोचेर शान्ति सम्झौतामा आए ?अनि यतिबेला उनको दिमागमा के चलिरहेको छ ? शान्ति सम्झौता पश्चात १२ वर्षको अवधिमा नेपालमा संविधान बन्यो […]
पहिलो खेलमा भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित
५ मंसिर, काठमाडौं । तीन खेलको टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतमाथि रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ४ रनले पराजित गरेको हो । वर्षाको कारण १७ ओभरमा छोट्याइएको खेलमा १७४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १६९ रन मात्रै बनाउन सक्यो । खेलको एक […]
मुआब्जा माग गर्दै उच्च अदालतमा रिट
५ मंसिर, हेटौंडा । हेटौंडा-सिन्धुली-गाईघाट हुँदै धरानचतरा जोड्ने ३१९ किलोमिटर राजमार्ग निर्माणका क्रममा जग्गाको मुआव्जा नदिइ सडक निर्माण थालिएको भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा रिट परेको छ । हेटौंडा उपमहानगरपालिका-६ चौघडाका स्थानीयले बुधबार रिट दायर गरेका हुन् । राजमार्ग निर्माणका क्रममा यसक्षेत्रका तीनसय घरपरिवार विस्थापित हुने भन्दै उनीहरुले मुआब्जा दिएर मात्रै सडक निर्माण अघि […]
आईसीपी जोड्ने सडकको कालोपत्रे सात महिनामै उप्कियो
५ मंसिर, वीरगञ्ज । वीरगन्जमा सञ्चालित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ७ महिनामै आईसीपीसम्म पुग्ने सडकको कालोपत्रे उप्किएको छ । निर्माण कम्पनीले कमशल निर्माण सामाग्री प्रयोग गरेका कारण् कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् । आईसीपीलाई मूल सडकमा जोड्ने उत्तरतर्फको १ हजार १ सय मिटर सडकको कालोपत्रे भत्किएको छ । भारत सरकारको सहयोगमा भारतीय […]
अर्थ समिति बैठकः विषयगत छलफल गर्न ५ उपसमिति गठन गरिने
५ मंसिर,काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले विभिन्न विषयहरुमा विषयगत छलफलका लागि ५ वटा उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको समितिको बैठकले आर्थिक नीति, बैंक तथा वित्तीय संस्था, राजश्व व्यवस्थापन, कर र गैर कर लगायतका विषयहरु हेर्ने गरी ५ वटा उपसमितिहरु गठन गर्ने निर्णय गरेको हो । उपसमितिहरु गठन गर्ने निर्णय भए पनि […]









