Uncategorized

अर्थ समिति बैठकः विषयगत छलफल गर्न ५ उपसमिति गठन गरिने

५ मंसिर,काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले विभिन्न विषयहरुमा विषयगत छलफलका लागि ५ वटा उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको समितिको बैठकले आर्थिक नीति, बैंक तथा वित्तीय संस्था, राजश्व व्यवस्थापन, कर र गैर कर लगायतका विषयहरु हेर्ने गरी ५ वटा उपसमितिहरु गठन गर्ने निर्णय गरेको हो । उपसमितिहरु गठन गर्ने निर्णय भए पनि गठन भने गरिएको छैन ।

समितिको आगामी बैठकले उपसमितिहरु गठन गर्ने सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

सभापति दाहालले भने, ‘आज ५ वटा उपसमिति गठन गर्ने निर्णयमात्रै भएको हो, अब अर्को बैंकमा उपसमितिमा बस्न चाहाने माननीय सदस्यहरुले नाम दिनु हुनेछ, सोही आधारमा उपसमितिहरु गठन हुनेछन् ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *