Journalist from Itahari
Uncategorized

कप्तान पारस खड्का टि-ट्वान्टी क्रिकेटको ४१ औं बरियतामा

२७ कात्तिक, काठमाडौं । नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् । कप्तान पारस ब्याटिङ, र अलराउन्डर गरी तीन मध्ये २ वटा विधाको बरियतामा पर्न सफल भएका हुन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् । उनले इंग्ल्यान्डका जाइ रुट, […]

Uncategorized

पर्यटन बोर्डका सीईओ जोशीले पाए अन्तर्राष्ट्रिय अवार्ड

२७ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी लण्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । जोशीलाई ‘ईन्टरनेशनल ईन्स्टीच्युट फर पिस थ्रू टुरीजम’ नामक संस्थाले ‘च्याम्पीयन सीप इन च्यालेन्ज अवार्ड’बाट सम्मान गरेको हो । युएनडब्लुटिओका पुर्व महासचिव डा. टेल रिफाईले उक्त अवार्ड हस्तान्तरण गरे । यो अवार्ड नेपालले पहिलो पटक […]

Uncategorized

टी–ट्वान्टी बरियतामा पाकिस्तान शीर्ष स्थानमा कायमै

२७ कात्तिक, काठमाडौं । पाकिस्तान टी–ट्वान्टी क्रिकेटको बरियतामा शीर्ष स्थानमा कायमै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार राति सार्वजनिक गरेको बरियतामा पाकिस्तान शीर्ष स्थानमा कायमै रहन सफल भएको हो । पाकिस्तान पछिल्लो ३६ खेलबाट ४ हजार ९७९ अंक र १३८ रेटिङ प्राप्त गर्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । टी–ट्वान्टी बरियताको […]

Uncategorized

३ सय ७८ वर्ष पुरानो कात्तिक नाच शुरु

२७ कात्तिक, काठमाडौं । यस वर्षको कात्तिक नाच शुरु भएको छ । नाच सोमबार साँझ ललितपुरको मंगलबजारस्थित डबलीमा शुरु भएको हो । ३ सय ७८ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच १२ दिनसम्म नियमित देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले […]

Uncategorized

देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब

२७ कात्तिक, गलेश्वर । देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले देउसीभैलो खेलेर रु ६ लाख ५० जुटाएका छन् । सो रकम विद्यार्थीले विद्यालयलाई हस्तान्तरण गरेका छन् । आधारभूतदेखि माविस्तरसम्मका शिक्षकको […]

Uncategorized

बालिका हत्या आशंकामा ५ पक्राउ

२७ कात्तिक, उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत […]

Uncategorized

रेसलरसँग जोरी खोज्दा राखी सावन्त अस्पतालमा

  बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त एक रेसलरको फेला परेकी छन् । आफूसित निहु खोज्न आउँदा ती रेसलरले राखीलाई रिंगभित्रै उचालेर पछारिदिइन् । पाँचकुलाको ताउ देवीलाल स्टेडियममा आयोजित सीडब्लुई रेसलिंङ प्रतियोगितामा यो घटना भएको हो । उक्त एक दिसीय प्रतियोगितामा भाग लिन अन्तर्राष्ट्रिय रेसलरहरु आएका थिए । प्रतियोगिताका क्रममा महिला रेसलर रोबेल रिंगभित्र गइन् । […]

Uncategorized

नेपालकै पहिलाे ‘नेटवर्क आर्क ब्रिज’मा पनि पप्पुको ढिलासुस्ती

२६ कात्तिक, काठमाडौं । नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ निर्माण सुस्त गतिमा अघि बढेको छ ।  काठमाडौंको विजुली बजारस्थित धोबीखोलामाथि बनिरहेको ‘नेटवर्क आर्क ब्रिज’ को हालसम्म ५५ प्रतिशत निर्माण सम्पन्न भएको हो । आगामी दशैंसम्म सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका इञ्जीनियर एवं आयोजनाका सूचना अधिकारी विश्व विजय लाल श्रेष्ठले अनलाइनखबरलाई […]

Uncategorized

कञ्चनपुरको मुक्तकमैया बस्तीमा घरवास कार्यक्रम

२७ कात्तिक, कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्त कमैया बस्तीमा विजयास घरवास (होमस्टे) सञ्चालन गरिएको छ । विपन्न अवस्थाका मुक्त कमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले घरवास सञ्चालन गरिएको हो । जनहित महाकाली सामुदायिक वन उपभोक्ता समिति र केयर नेपालको हरियो वन कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा घरवास सञ्चालनमा आएको हो । आन्तरिक […]

Uncategorized

नेपालले चीनलाई उपहार दिएका सबै गैंडा स्वस्थ, पार्कमा राखियो

२७ कात्तिक, काठमाडौं । नेपालले उपहारस्वरुप दिएको दुई जोडी गैंडालाई चीनले तोकिएको स्थानमा राखेको छ । भद्र र रुपसीको जोडीलाई ग्वान्झाओको चिमिलोङ सफारी पार्कमा तथा सोल्टी र मितिनीलाई साङ्घाई वाइल्ड एनिमल पार्कमा राखिएको हो । ‘नेपालले चीनलाई दिएका सबै गैंडा स्वस्थ छन्, उनीहरुलाई क्वारेन्टाइनमा राखेपछि सम्झौतामा उल्लेख भएअनुसार तोकिएको स्थानमा राखिएको जानकारी चीनले दिएको छ,’ […]