Journalist from Itahari
Uncategorized

केन्द्रीय समिति सक्रिय बनाउन देवेन्द्र पौडेलको माग

२७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी केन्द्रीय समिति निष्क्रिय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले तत्काल पार्टी केन्द्रीय समितिलाई सक्रिय बनाउन नेतृत्वसँग माग गरेका छन् । नेकपाको स्थायी समिति बैठक नबस्दा केन्द्रीय समिति निष्क्रियजस्तै भएको भन्दै उनले तत्काल स्थायी समिति बैठक डाकेर केन्द्रीय समितिलाई गति दिन […]

Uncategorized

ईपीजीको प्रतिवेदन नबुझ्न मोदीलाई दबाव, ‘स्मार्ट बोर्डर’मा भारतको आपत्ति

२७ कात्तिक, काठमाडौं । भारतको खुफिया एजेन्सी र कर्मचारीतन्त्रको तीव्र आपत्तिपछि नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको संयुक्त प्रतिवेदनका कतिपय दफाहरु संशोधन गर्न नेपाली पक्षमाथि दबाव परेको छ । उच्च स्रोतका अनुसार प्रवुद्ध समूहको प्रतिवेदन नेपाल पक्षीय रहेको भन्दै भारतीय ‘सुरक्षा र ब्युरोक्रेसी’ पक्षले जस्ताको त्यस्तै प्रतिवेदन नबुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत दबाव […]

Uncategorized

विकास बजेट बाँड्न सांसदलाई चटारो ! एक महिनापछि फ्रिज हुने

२७ कात्तिक, काठमाडौं । धेरै सांसदहरु अहिले चाडपर्व विदामा छन् । दशैं, तिहारजस्ता पर्व सकिए पनि अहिले छठको विदा चलिरहेको छ । तर, कतिपय सांसदलाई भने आफ्नो निर्वाचन क्षेत्रमा बजेट बाँड्न भ्याई नभ्याई भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असोज तेस्रो साता सबै स्थानीय तहलाई परिपत्र गरेर यही पुस मसान्तसम्म स्थानीय पूर्वाधार […]

Uncategorized

अर्को वर्ष गैंडाको गणना

२७ कात्तिक, काठमाडौं । अर्को वर्ष गैंडाको गणना गरिने भएको छ । सन् २०१९ को सुरुमै गणना सुरु हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । ‘अर्को वर्ष गैंडाको गणना गर्ने सोच बनाएका छौं । अहिले आर्थिक स्रोतहरु खोजी गर्दैछौं,’ उनले अनलाइनखबरसँग भने । यसअघि सन् २०१५ मा गैंडाको गणना […]

Uncategorized

करिब ८ अर्बको ट्रेजरी बिल आज

२७ कात्तिक, काठमाडौं । अघिल्लो साता ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको नेपाल राष्ट्र बैंकले आज (मंगलबार) पुनः करिब ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार ७ अर्ब ७८ करोड रुपैयाँको ट्रेजरी जारी गर्नका लागि सोमबार बोलकवोलमा सहभागी हुन सार्वजनिक सूचना जारी गरेको थियो । सोमबार […]

समाचार

२६ वर्षपछि बल्ल बल्यो गाउँमा विजुली

दार्चुला —  महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् ।गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो । सो विद्युत्बाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले विजुली बाल्न पाएका […]

Uncategorized

गल्ती गर्ने श्रीमतीलाई अनौठो सजाय, एक महिनासम्म सम्भोगमा बन्देज

रुसको अब्लास्ट क्षेत्रमा इभान सुखोभ आफ्ना तीनजना पत्नीहरुसँग बस्दछन् । ३४ वर्षका इभानको सपना भनेको धेरैभन्दा धेरै पत्नीहरु बनाउने हो । कम्तीमा ५० जना बच्चा जन्माउने उनको चाहना छ । रुसी कानून अनुसार उनकी केवल एक पत्नी छिन् । अन्य दुई चाहिँ आपसी सहमतिमा उनीसँग बस्दै आएका छन् । अनौठो लक्ष्य बोकेका सुखोभ आफ्ना पत्नीहरुले […]

Uncategorized

९६ वर्षकी हजुरआमा पढाइमा अब्बल, परीक्षामा पछारिन् ज्वाइँलाई

पढाइ लेखाइलाई उमेरले छेक्दैन । भारतमा एक ९६ वर्षीया हजुरआमाले यो भनाइ पुष्टि गर्दै आफ्नो अब्बलता प्रमाणित गरेकी छन् । भारतको केरला सरकारद्वारा सञ्चालित प्रौढ साक्षरता कक्षाअन्तर्गत भएको परीक्षामा कार्तियानी अम्मा नामकी ती वृद्धा ९८ प्रतिशत अंक प्राप्त गरी प्रथम भइन् । परीक्षामा पढ्ने, लेख्ने तथा गणितका हिसाब गर्ने क्षमता जाँचिएको थियो । परीक्षामा अब्बल […]

Uncategorized

ह्वाट्सएप नम्बर परिवर्तन गर्दा कसरी सार्ने पुराना डाटा ?

विश्वमा करोडौं स्मार्टफोन प्रयोगकर्ताहरु ह्वाट्सएप प्रयोग गर्छन् । धेरै प्रयोगकर्ताहरु लामो समयसम्म एउटै ह्वाट्सएप नम्बर प्रयोग गर्छन् । तर, कहिलेकाहीँ केही कारणले आफ्ना पुरानो ह्वाट्सएप नम्बर परिवर्तन गर्न चाहन्छन् । यसरी नम्बर परिवर्तन गर्दा पुरानो ह्वाट्सएप नम्बरमा रहेका सबै रेकर्ड, च्याट, मेसेज तथा ग्रुपहरु डिलिट हुन्छन् । ह्वाट्सएप नम्बर परिवर्तन गर्दा पुरानो नम्बरका डाटाहरु नमेटिउन् […]

Uncategorized

चर्चित कमिक पुस्तकका लेखक लीको निधन

२७ कात्तिक, काठमाडौं । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको निधन भएको छ । लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । ९५ वर्षीय ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित थिए । सन् १९६१ मा मार्भल कमिक्सका लागि दी फ्यान्टास्टिक फोरको […]