२८ कात्तिक, काठमाडौं । एकपछि अर्को अनुसन्धानमा प्रश्न उठेपछि काठमाडौं प्रहरी परिसर, टेकुले आर्थिक प्रलोभन दिएर पीडित पक्षलाई चुप लगाउने गरेको खुलेको छ । पछिल्लो दुई महिनामा काठमाडौं प्रहरी परिसरको कारबाहीका क्रममा भएको ३ जनाको ‘रहस्यमय’ मृत्यु भएको छ । दुबै घटनालाई गुपचुप राख्न प्रहरीकै सक्रियतामा आर्थिक लेनदेन गराइएर पीडित पक्षलाई मौन राखिएको खुलासा भएको […]
Author: purnakhabar
वीरगञ्जको इनर्वामा कुस्ती प्रतियोगिता
२८ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १६ इनर्वामा बुधबार विराट कुस्ती प्रतियोगिता शुरु भएको छ । दिपावली तथा छठ पर्वको अवसर पारेर कुस्ती प्रतियोगिताको आयोजना गरिएको हो । कुस्ती प्रतियोगिताको पर्सा १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले उद्घाटन गरे । प्रतियोगितामा नेपाल र भारतको विभिन्न स्थानबाट कुस्तीवाजहरु सहभागी भएको आयोजक समितिका अध्यक्ष मदनप्रसाद […]
जापानमा नेपाली कामदार पठाउनेबारे छलफल हुन्छ : मन्त्री ज्ञवाली
२८ कात्तिक, काठमाडौं । जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम […]
जलवायु सम्मेलनमा भाग लिन राष्ट्रपति पोल्याड जाने
२८ कात्तिक,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी डिसेम्बर पहिलो साता पोल्याण्ड जाने तय भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति डिसेम्बर १ मा पोल्याण्ड जाने तय भएको हो । डिसेम्बर ३ देखि १४ सम्म पोल्याण्डको कोट्वाइस शहरमा आयोजना हुने सम्मेलनमा विश्वभरका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् । नेपालबाट […]
नेकपा नेता भरतमोहन अधिकारीलाई नागरिक अभिनन्दन गरिने
२८ कात्तिक मोरङ । नेकपाका नेता एव पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर राजनीतिक आन्दोलन गरेका ८३ बर्षका अधिकारीलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर मंसिर १ गते अभिनन्दन गर्न लागिएको हो । दिवस मनाउन डा. भेषप्रसाद धमलाको अध्यक्षतामा ३०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ […]
युएर्इमा दुईजना नेपालीले पाए सुन उपहार
युएई/ अल अहलिया एक्सचेन्जकाे विन्टर अफरकाे साप्ताहिक याेजनामा दुई नेपालीले सुन उपहार पाएका छन् । बुधबार गरिएकाे पहिलाे लक्की ड्र मा सप्तरीका बिजेन्द्र मन्डल र सिन्धुलीको मुलकोटका टिकाराम श्रेष्ठले १०/१० ग्राम सुन उपहार पाएकाे एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले जानकारी दिए । एक्सचेन्जले नोवेम्वर ७ देखि जनवरी ६ तारिखसम्म आफ्ना ग्राहक लक्षित विन्टर प्रोमोसन योजना […]
नेपाल प्रहरीलाई एसियाकै प्रतिष्ठित आईटी अवार्ड
२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले एसियाकै प्रतिष्ठित सूचना प्रविधि सम्बन्धी अवार्ड पाएको छ । जापानको एसियन ओसिनियन कम्प्यूटिङ इन्डट्री अर्गनाइजेसनले नेपाल प्रहरीलाई सन् २०१८ को ‘डिजिटल गभर्मेन्ट अवार्ड’ दिएको हो । विभिन्न ४ विधामा प्रदान गरिने अवार्ड मध्ये एक विधाको अवार्ड पाएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । टोकियोमा २२ कात्तिकमा […]
मन्त्रीबाट बर्खास्त सोडारीको सांसद पद के हुन्छ ?
२८ कात्तिक, काठमाडौं । पदीय आचरणमा नबसेको आरोपमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीबाट बर्खास्त दीर्घबहादुर सोडारीको सांसद पद पनि धरापमा पर्ने भएको छ । उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेकाले अब उनको प्रदेशसभा सदस्य पद के हुन्छ भन्ने विषयमा बहस भएको छ । सोडारी गत वर्ष सम्पन्न प्रदेशसभामा निर्वाचनमा […]
केमियो भूमिकाले वेनिशालाई फाइदा होला ?
२ वटा चलचित्र लगालग असफल भएपछि नायिका बेनिशा हमाललाई नयाँ निर्माताले जोखिम मोल्न चाहेका छैनन् । ‘ब्लाइन्ड रक्स र झ्यानाकुटी’को असफलताले बेनिशाको करिअर नै जोखिम मोडमा पु¥याइदियो । उनै, वेनिशा नयाँ चलचित्रमा देखिएकी छैनन् । उनले नयाँ चलचित्रमा साइन गरेको खबर पनि अहिलेसम्म सुनिएको छैन । सायद, उनको स्टारडममाथि निर्मातालाई विश्वास नभएको हुनसक्छ । उनै, […]
क्रिकेट खेलाडी ललित भण्डारी सम्मानित
२८ कात्तिक, कञ्चनपुर । राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बुधबार सम्मान गरेको छ । नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले एक लाख एक हजार १११ रुपैयाँ र सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गरेका हुन् । खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौँ । नगरप्रमुख ऐरले भने, ‘प्रतिभावान् खेलाडीको मनोबल […]









