Uncategorized

वीरगञ्जको इनर्वामा कुस्ती प्रतियोगिता

२८ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १६ इनर्वामा बुधबार विराट कुस्ती प्रतियोगिता शुरु भएको छ ।

दिपावली तथा छठ पर्वको अवसर पारेर कुस्ती प्रतियोगिताको आयोजना गरिएको हो । कुस्ती प्रतियोगिताको पर्सा १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले उद्घाटन गरे ।

प्रतियोगितामा नेपाल र भारतको विभिन्न स्थानबाट कुस्तीवाजहरु सहभागी भएको आयोजक समितिका अध्यक्ष मदनप्रसाद यादवले जानकारी दिए ।

भारतीय सेना र एसएसबीमा आवद्ध जवानहरु समेत प्रतियोगितामा सहभागी छन् । विशेषगरी नेपालमा हुने कुस्ती प्रतियोगितामा भारतको दिल्ली, पञ्जाव, हरियाणा, बनारस, गोरखपुरबाट पहलवानहरु आउने गरेका छन् । तराई मधेसका जिल्लामा निकै लोकप्रिय रहेको कुस्ती हेर्नका लागि हजारौं दर्शकहरु अखडामा पुग्ने गर्दछन् ।

प्रतियोगितामा चर्चित कुस्तीवाजहरु भुरा पहलवान, केशब बाबा, अछेलाल पहलवान, आसिम पहलवान, शम्सेर पहलवान, ब्रम्हदेव पहलवान, सतन, राजु पहलवान लगायतले भाग लिएको अयोजकले जनाएको छ । प्रतियोगिता बिहीबारसम्म चल्ने छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *