१२ कात्तिक, गुल्मी । गुल्मीमा बेपत्ता पारिएका परिवारले बेपत्ता छानविन आयोगले पीडा थप्ने काम मात्रै गरेको गुनासो गरेका छन् ।
सदरमुकाम तम्घासमा बेपत्ता पारिएका पीडित तथा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा उनीहरुले विगत स्मरण भएको भन्दै पीडा बल्झिएको बताएका हुन् ।
कार्यक्रममा सशस्त्र युद्धका समयमा समयमा बेपत्ता पारिएका पीडित चन्द्रकोट गाउँपालिका हर्राचौर-३ की खैसरा क्षेत्रीले २०६१ सालमा ४५ वर्षीय श्रीमान केन्द्रबहादुर खत्रीलाई बेपत्ता पारिएदेखि अहिलेसम्म राज्यले केही वास्था नगरेको बताइन् । ‘जीवनभर साथ दिने जीवन साथी नभएपछि पीडामा दिनहरु बितेको छ ,’ उनले भनिन्, ‘राज्यले पीडा बुझन सक्दैन भने राज्यप्रति कसरी बिश्वस्त रहने ।’
कार्यक्रममा रुरु गाउँपालिका वडा नं ४ बलेटक्सारका माधब ज्ञवाली बाबा नै नभएपछि सोचे अनुसार पढ्न नपाएको बताए ।
उनले २०५८ सालमा देखि बुबा बेपत्ता भएको र हालसम्म राज्यले केही वास्था नगरेको गुनासो गरे । ‘कहिलेकाही यसो छानविन समिति आउँछन् तर उपलब्धी केही आउँदैन् ।’ उनले भने ।
कार्यक्रममा सहभागी बेपत्ता परिवारकी आफन्त रेसुङगा नगरपालिका वडा नं ९की पबित्रा पन्थीले राज्यले बेपत्ता पारिएका पीडित परिवारका राज्यले आत्मनिर्भरहुने किसिमको ब्यबस्था गर्नु पर्ने बताइन् ।
अन्र्तक्रिया कार्यक्रमा मानबअधिकारकर्मी गणेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले आयोगनै बेपत्ता भए जस्तो देखिएकाले यसले कसरी छानविन गर्छ भनेर प्रश्न गरेका थिए । आयोगले बास्तबिक ब्झेर परिणम आउने गरी काम गर्न सुझाव दिएका थिए ।
आयोगले बेलाबेलामा बेपत्ता परिवारका आफन्त जम्मा गरेर पीडितका घाँउमा मलमपट्टी लगाउनु भन्दा पीडा थपिदिएको बताएका थिए ।
कार्यक्रममा बेपत्ता पारिएका ब्याक्तिहरुको छानविन आयोगका सदस्य आइबहादुर गुरुङले हालसम्म आयोगले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
आयोगले निश्पक्ष रुपमा कार्य गरेको भन्दै सत्य तथ्यको आधारमा पीडितहरुलाई न्याय दिलाएरै छाड्ने बताए ।
गुल्मी जिल्लामा बेपत्ता पारिएका कुल २७ उजुरीहरु परेका थिए । जसमध्ये २४ वटा सत्य निरुपण तथा छानविन आयोगमा पठाइएको १ वटा मेलसमिलाप भएको र तामेलिमा २ वटा रहेको जारी तथ्याङकमा उल्लेख रहेको छ ।



