Uncategorized

भैरहवा विमानस्थलमा ओर्लिएर प्रचण्डले भने- विकासमा राजनीति नगरौं

१७ कात्तिक, बुटवल । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिनुपर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलको काम गुणस्तरीय हुनुपर्नेमा पनि जोड दिए

बुटवलमा नेकपाले आयोजनामा गर्न लागेको चियापान कार्यक्रममा सहभागि हुन आएका उनले भैरहवा बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै भने, ‘निर्माण समयमै सक्नुस्, यसमा हामी सबैको चासो छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बिकास निर्माणमा राजनीति नगर्न समेत अनुरोध गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ५५ प्रतिशत काम सकिएको छ । आगामी सन् २०१९ को अगष्टबाट विमानस्थलको सबै निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *