Journalist from Itahari
Uncategorized

सर्वोच्च अदालतमा संवैधानिक इजलास शुरु

२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास बुधबारदेखि शुरु भएको छ । गत साउन १६ गतेदेखि संवैधानिक इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था छ । आजदेखि शुरु भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जवरा, दीपककुमार कार्की […]

Uncategorized

बुटवलमा ‘लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी

२८ कात्तिक, बुटवल । बुटवलमा आगामी पुष ५ देखि १८ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी एक्स्पो-२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी शुरु भएको छ ।  रुपन्देही व्यापार संघ र नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजना तथा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघको सह-आयोजनामा सञ्चालन हुने मेलाको तयारी शुरु भएको हो । मुख्य […]

Uncategorized

छठको अवसरमा प्रदेश १ सरकारको साँस्कृतिक महोत्सव

२८ कात्तिक, विराटनगर । प्रदेश १ सरकारले वुधबार छठ पर्वको अवसरमा विराटनगरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक महोत्सव आयोजना गरेको छ । स्थानीय आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा गरिएको राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति, प्रतियोगितात्मक झाँकी प्रतियोगिता र नृत्यहरु गरिएको थियो । महोत्सवमा किराँत, झाँगड, सन्थाल, बाँतर, थारु, मुस्लिम, राजवंशी जातिका नृत्यसँगै झाँकी प्रस्तुत गरिएको थियो […]

Uncategorized

चन्द्रागिरी नगरपालिकाले खाली बोतलसहित कवाडीमा अवैध कर उठाएको आरोप

२८ कात्तिक, काठमाडौं । चन्द्रागिरी नगरपालिकाले खाली सीसी बोतलसहित कवाडीमा अवैध कर उठाएको भन्दै व्यवसायीले बिरोध गरेका छन् । नगरपालिका हुँदै आउने खाली सीसीमना प्रतिगोटा एक रुपैयाँ र अन्य कवाडीमा फरक-फरक रेट राखेर चन्द्रागिरीले अवैध रुपमा कर उठाएको आरोप उनीहरुको छ । नगरपालिकाले गुर्जुधारामा कवाडी बोकेका ट्रलाई रोकेर जवरजस्ती यस्तो कर उठाइरहेपछि केही संकलनकर्ताहरु अदालतसम्म […]

Uncategorized

मंसिरबाट सवारी लाइसेन्सको आवेदन खुल्दै

२८ कात्तिक, काडमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन मंसिर ७ गतेबाट खुल्न भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गरी ७ मंसिरदेखि विहान १० बजेबाट सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवदेन खुल्ने जानकारी दिएको हो । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । उल्लेखित […]

Uncategorized

पहिलोपटक लुम्बिनीमा त्रिपिटक वाचन सुरु

२८ कात्तिक,रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारदेखि त्रिपिटक वाचन सुरु भएको छ । पहिलो दिन महासमय सुत्त र वेसन्तर जातक वाचन भएको छ । पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक त्रिपिटक वाचन गरिएको हो । बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया र महापरिनिर्माण गरेको स्थान कुशिनगरमा विगत डेढ दशकअघिदेखि नै त्रिपिटक वाचन हुँदै आएपनि नेपालमा भने […]

Uncategorized

१२ हजार धरौटीमा छुटे मोरङका जुवाडे

२८ कात्तिक, मोरङ । मोरङको बुढीगंगा गाउपालिका-१ गंगा चोकमा रहेको उद्योगको गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका पाच उद्योगी व्यवसायी जनही १२ हजार धरौटीमा छुटेका छन् । आइतबार बिहान करिब २ बजे पक्राउ परेका विराटनगर-५ का ५० वर्षीय जीवन रिजाल, विराटनगर-३ का ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर- ७ का ५१ वर्षीय […]

Uncategorized

प्रदेश ३ मा मदिरा नियन्त्रण ऐन निर्माणको तयारी

२८ कात्तिक, हेटौंडा । प्रदेश ३ सरकारले मदिरा नियन्त्रण गर्न आवश्यक कानून निर्माणको लागि छलफल अघि बढाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरण, प्रयोय र सेवनलाई व्यवस्थिन गर्न ऐन निर्माणको लागि जिल्लातहबाट सुझाव संकलन थालेको हो । त्यसको लागि मन्त्रालयले बुधबार हेटौंडामा मकवानपुर, चिवतवन, धादिङ, नुवाकोट र सिन्धुलीका सरोकारवालाहरुसँग […]

Uncategorized

मामाको हातबाट बन्दुक पड्कदा भाञ्जाको मृत्यु

२८ कात्तिक, वीरगञ्ज । मामाघरमा मृत्यु भएका १३ वर्षीय आर्यन तामाङको निधारमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । पर्सागढी नगरपालिका–३, बढनिहार बजारस्थित मामाघरमा भरुवा बन्दुक पड्किदा उनको निधारमा गोली लागेर मृत्यु भएको हो । शुरुमा तामाङका मामाघरका सदस्यले प्रेसर कुकर पड्केर उनको मृत्यु भएको बताए पनि घटनास्थलमा प्रेसर कुकर पड्केको कुनै प्रमाण नभेटिएपछि […]

Uncategorized

वामपन्थी नेता जगतबहादुर श्रेष्ठलाई नागरिक अभिनन्दन

२८ कात्तिक, चितवन । ०१५ सालको आम निर्वाचनमा उत्तरी गोरखामा नेकपाबाट उम्मेदवार बनेका जगतबहादुर श्रेष्ठको बुधबार चितवनको नारायणगढमा नागरिक अभिनन्दन गरिएको छ । ९० वर्षीय श्रेष्ठलाई उनको निवास पूल्चोकबाट बाजागाजासहित नगर परिक्रम गराएर अभिन्दन गरिएको हो । गोरखा जिल्लाका कम्युनिस्ट पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेका श्रेष्ठ कांग्रेसका तत्कालीन नेता कृष्णप्रसाद भट्टराईका विरुद्ध नेकपाबाट उम्मेदवार बनेका […]