२८ कात्तिक, काठमाडौं । जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम […]
Author: purnakhabar
प्रहरीको गोप्य धन्दा ! जुवा र मिटर ब्याजमा मिलापत्र !
२८ कात्तिक, काठमाडौं । एकपछि अर्को अनुसन्धानमा प्रश्न उठेपछि काठमाडौं प्रहरी परिसर, टेकुले आर्थिक प्रलोभन दिएर पीडित पक्षलाई चुप लगाउने गरेको खुलेको छ । पछिल्लो दुई महिनामा काठमाडौं प्रहरी परिसरको कारबाहीका क्रममा भएको ३ जनाको ‘रहस्यमय’ मृत्यु भएको छ । दुबै घटनालाई गुपचुप राख्न प्रहरीकै सक्रियतामा आर्थिक लेनदेन गराइएर पीडित पक्षलाई मौन राखिएको खुलासा भएको […]
त्यो हेटौंडा, यो हेटौंडा !
२८ कात्तिक, हेटौंडा । धनञ्जय तिमिल्सिना आमाको साथ लागेर काभ्रेबाट मकवानपुरगढी बसाइ सरेको ७० वर्ष भयो । उनलाई राम्रो सम्झना छ, काभ्रेको ढुमखर्कबाट झिटीगुन्टा बोकेर आउँदा हेटौंडा एउटा सामान्य वस्ती मात्रै थियो । सडकले छोएर जाने भागमा साना झुपडीमा चिया किराना पसलहरु थिए । हेर्दाहेर्दै हेटौंडा एउटा विशाल शहर बन्यो । यो देख्दा आज धनञ्जयलाई […]
मामाभाञ्जाले बन्दुक खेलाउँदा भाञ्जाको मृत्यु
२८ कात्तिक, वीरगञ्ज । मामाघरमा मृत्यु भएका १३ वर्षीय आर्यन तामाङको निधारमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । पर्सागढी नगरपालिका–३, बढनिहार बजारस्थित मामाघरमा भरुवा बन्दुक पड्किदा उनको निधारमा गोली लागेर मृत्यु भएको हो । शुरुमा तामाङका मामाघरका सदस्यले प्रेसर कुकर पड्केर उनको मृत्यु भएको बताए पनि घटनास्थलमा प्रेसर कुकर पड्केको कुनै प्रमाण नभेटिएपछि […]
मंसिरदेखि ड्राइभिङ लाइसेन्सको आवेदन खुल्दै
२८ कात्तिक, काडमाडौं । झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन मंसिर ७ गतेबाट खुल्न भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गरी ७ मंसिरदेखि विहान १० बजेबाट सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवदेन खुल्ने जानकारी दिएको हो । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । उल्लेखित […]
स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी
-रब लिभर वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ । एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । […]
सफ्टवेरिका कलेजले पायो कोभेन्ट्री विश्वविद्यालयको सम्बन्धन
२८ कात्तिक, काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई-कमर्सले गार्जियन लिग टेबलमा १३ औं नम्बरमा रहेको कोभेन्ट्री विश्वविद्यालयसँग सम्बन्धन लिएको छ । अब कलेजले अन्तर्राष्ट्रियस्तरको डिग्रीका विभिन्न कार्यक्रम सन्चालन गर्न लागेको छ । कोभेन्ट्री विश्वविद्यालय संग को यो सम्बन्धनपछि अब सफ्टवेरिकामा बिएससी कम्प्युटिङ र बिएससी इथिकल ह्याकिङका तथा साइबर सेक्युरिटीको अध्यापन गराइनेछ । सफ्टवेरिका […]
वार्षिकोत्सवमा कामना सेवा विकास बैंकद्वारा नगद तथा जिन्सी वितरण
२८ कात्तिक, काठमाडाैं । कामना सेवा विकास बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा केन्द्रीय कार्यालयका संचालक विश्वेश्वर सुबेदी सहित अध्यक्षबाट जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर अपरा थापालाई दुई लाख पचास हजारको चेक हस्तान्तरण गरिएको छ । त्यस्तैगरी अर्को संस्था भद्रकाली आधारभुत विद्यालय, बुढानिलकण्ठमा […]
आयो मोबाइल सेवाको गुणस्तरबारे अध्ययन रिपोर्ट, कुन पाटोमा को अब्बल ?
२८ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्रमुख मोबाइल सेवा प्रदायक कम्पनीको सेवाको गुणस्तर परीक्षण गरेको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सेवाको गुणस्तर सम्बन्धमा विभिन्न मापदण्ड र सूचकमा नेपाल टेकिलम र एनसेलकै बढी प्रतिस्पर्धा देखिएको छ । स्मार्ट टेलिकमको सेवा कुनैपनि सूचकमा अग्रस्थानमा नदेखिएको दूरसचार प्राधिकरणको अध्ययन रिपोर्टले देखाएको छ । प्राधिकरणले काठमाडौंको […]
ग्लोबल आईएमई बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
२८ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच मिति बैंकासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतापछि ग्लोबल आईएमई बैंकका १३२ वटै शाखाहरु मार्फत एशियन लाइफ इन्स्योरेन्सको […]









