Uncategorized

चिनियाँ पर्यटनमन्त्रीले गरे भक्तपुरको भ्रमण

२९ कात्तिक, भक्तपुर । नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङसहितको चिनियाँ प्रतिनिधिमण्डलले बिहीबार भक्तपुरको सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ ।

भक्तपुर नगरपालिकाको स्वागतमा बिहीबार भएको अवलोकनमा चिनियाँमन्त्री सुआङसहितको टोलीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबारस्क्वायर, यस क्षेत्रका पचपन्न झ्याले दरबार, गोल्डेन गेट, टौमढीको पाँचतले मन्दिर, भैरब मन्दिरलगायत क्षेत्रको अवलोकन गरेको छ ।

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले चिनियाँमन्त्रीसहितको टोलीलाई स्वागत गर्दै यहाँका सम्पदा क्षेत्र, यसको महत्व, भूकम्पले पारेको प्रभाव र पुनः निर्माणका बारेमा जानकारी गराएका थिए ।

अवलोकनका क्रममा चिनियाँमन्त्री सुगाङले भक्तपुर नगरका सम्पदा चिनियाँ पर्यटकका लागि धार्मिक तीर्थस्थलका रुपमा रहेको बताए । अवलोकन भ्रमणपछि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले मन्त्री सुगाङलाई मायाको चिनोस्वरुप मयूर झ्याल प्रदान गर्नुभयो भने मन्त्री सुगाङले प्रजापतिलाई चीनमा चिया खान प्रयोग हुने माटोको कप मायाको चिनोका रुपमा प्रदान गरेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *