Uncategorized

सामाजिक कार्यमा जुट्ने भन्दै संगठित भए तराईका बिद्यार्थी

१४ असोज, काठमाडौं । सामाजिक कार्यमा लाग्ने भन्दै तराईबाट आएर काठमाण्डौंमा अध्ययन गरीरहेका विद्यार्थीहरु संगठित भएका छन् ।  काठमाडौंमा भएको एक भेलाले ‘तराई-काठमाडौं बिद्यार्थी परिषद्’ गठन गरेको हो । भेलाले पर्सा जिल्लाका रुपक पटेलको अध्यक्षतामा १३ सदस्यय कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा रहेका तराईका बिद्यार्थीहरुको सेवाको लागि परिषद गठन गरीएको नवगठित समितीका अध्यक्ष पटेलले बताए ।  परिषदले स्वच्छ नेपाल अभियानको पनि थालनी गर्ने भएको छ । काठमाण्डौंबाट शुरु हुने यो अभियानलाई तराईका जिल्ला हुँदै देशव्यापी बनाउने लक्ष्य सहित योजना निर्माण भएको अध्यक्ष पटेलले जानकारी दिए ।

बिद्यार्थीहरुको यो समुह आवश्यकता परेको खण्डमा अन्य सामाजिक कार्यमा पनि सकृय हुने उनको भनाइ छ । परिषदका संरक्षक तथा सल्लाहकार सुदीपचन्द्र बख्रेलले बिद्यार्थीहरुले अाफ्नाे उर्जा समाज परीवर्तनका लागि खर्च गर्नुपर्ने बताए ।

अर्का सल्लाहकार तथा संरक्षक सुरज खनालले तराईका बिद्यार्थीहरु संगठीत हुनुलाई सकरात्मक कार्यको थालनीको रुपमा व्याख्या गरे । समितिको उपाध्यक्षमा ओम जी गुप्ता, सचिवमा रेयान यादव, सहसचिवमा निकी पटेल, कोषाध्यक्षमा दिव्या ठाकुर, सह कोषाध्यक्षमा रौनक सिंह, सदस्यहरुमा उदीप गुप्ता, रामशंकर साह, अमन गुप्ता, आरोहि साह, सोहेव अंसारी, जौवाद हुसैन अंसारी र उमेश प्रसाद गुप्ता रहेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *