Uncategorized

कांग्रेस महासमिति बैठक सर्‍यो, गच्छदार उपसभापतिमा मनोनित

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक आगामी मंसिर ३ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले महाधिबेशनको नयाँ मिति तय गरेको हो । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।

यस्तै, मंगलबार बसेको बैठकले पार्टी एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *