Uncategorized

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफरः नवौं र दशौं हप्ताका विजेताले पाए एक/एक लाख

२९ कात्तिक, काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसर पारेर संचालन गरेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत बिहीबार (कार्तिक २९ गते) नवौं र दशौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही रु एक लाख जित्ने ‘रिचार्ज एण्ड विन’ अफर भाऽ १७ गतेबाट कार्तिक २४ गते सम्म १० हप्ता संचालन गरिएको थियो ।

नवौं हप्ताका विजेताहरुको छनौट कार्तिक २० गते र दशौं हप्ताका विजयीहरुको छनौट कार्तिक २७ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत गरिएको थियो ।

दुवै हप्ताका विजयी मध्ये प्रमाणिकरणको प्रकृया पुरा भएका विजेताहरुलाई एनसेलले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनही नगद रु एक लाख पुरस्कार प्रदान गरेको हो ।

एनसेलका लिगल एण्ड कर्पोरेट सर्भिसेज् निर्देशक रमेश घिमिरेले नवौं हप्ताका विजयी मध्येका तीन जना ( बिनोद थोर्लिहाङ्ग -पाँचथर), श्याम राजवंशी (मोरङ्ग) र डुख राम थारु (कपिलवस्तु) लाई जनही रु १००,००० नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।

साथै घिमिरेले दशौं हप्ताका विजयी ग्राकहरु मध्येका छ जना  सूर्य नारायण कापरी (महोत्तरी), सोना गुरुङ्ग (कास्की), सुमन श्रेष्ठ (गोर्खा), दिना कुमारी कालिकोटे (सर्लाही), सुदिप चौधरी (कैलाली) र सुजित राजबाहक (काठमाडौं) लाई पनि नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा दशौं हप्ताका लागि अयोग्य ठहरिएका एक विजयीको स्थानमा दशौं हप्ताको कोडहरुबाटै एक नयाँ विजयी पनि छानिएको थियो । नयाँ विजयी कोड १०-००१८६७७७७ रहेकोे छ ।
आठौं हप्ताको विजयी मध्येका एक झापाकी राधिका तिमिल्सिनाले पनि बिहीबार काठमाडौंबाटै पुरस्स्कार ग्रहण गरेकी थिइन् ।

एनसेलले बिहीबार नै सातौं हप्ताका विजेताहरु मध्येका दुई अर्घाखाँचीकी लक्ष्मी घर्तिमगरलाई एनसेल सेन्टर बुटवलबाट र कास्कीका पूर्ण बहादुर गुरुङ्गलाई एनसेल सेन्टर पोखराबाट पुरस्कार हस्तान्तरण गरेको थियो ।

त्यसैगरी नवौं हप्ताका विजयी मध्येकी एक झापाकी दुर्गा कुमारी लिम्बु सावालाई एनसेल सेन्टर दमकबाट र दशौं हप्ताका विजयीहरु मध्येका एक रौतहटका राज किशोर प्रसाद जैसवाललाई एनसेल सेन्टर चपुरबाट पुरस्कार हस्तान्तरण गरिएको थियो ।

दशौं हप्ताको विजयी ग्राहकहरुको घोषणासँगै ‘रिचार्ज एण्ड विन’ अफर पनि समापन भएको छ । अफर अन्तर्गत दश हप्तासम्ममा १०० जना भाग्यशाली विजेताहरुले जनही रु एक लाख जित्न सफल भएका छन् ।

यी मध्ये बिहीबार सम्ममा ६४ जनाले आˆनो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी ३६ विजयीहरुलाई आवश्यक प्रक्रिया समापन भए लगतै काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ । अफर अन्तर्गतको नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *