Uncategorized

थोरै-थोरै तर पटक-पटकः यसरी खाए न रोग लाग्छ, न भोक जाग्छ

हामी विहान उठेर नास्ता गर्छौं । स्वास्थ्यका लागि नास्ता अनिवार्य मानिन्छ । हुन त कतिपयले बिहानको नास्ता अनुपयुक्त हुने तर्क पनि गर्छन् । पछिल्लो समय खानपान सम्बन्धी बढेको सर्तकता र स्वास्थ्य सचेतनाले गर्दा धेरैले बिहानको नास्ता गर्छन् । नास्ताले दिनभरका लागि शरीरलाई उर्जा दिन्छ । त्यसैले बिहानको नास्ता हेभी तर स्वस्थ्यकर हुनुपर्छ भनिन्छ । बिहान […]

Uncategorized

सुखमय यौन–जीवनका लागि कसरी प्रयोग गर्ने अस्थायी साधन ?

यौन सम्बन्ध एक प्राकृतिक क्रिया हो । स्वभाविक पनि । दम्पतीबीच हुने यौन सम्बन्धले उनीहरुलाई शारीरिक र भावनात्मक रुपले नजिक ल्याउँछ । स्वास्थ्य विज्ञानले भन्छ, ‘हप्तामा तीन पटकसम्म यौन सम्बन्ध राख्नु फाइदाजनक हो ।’ फाइदा, स्वास्थ्यको हिसाबले । भावनात्मक हिसाबले । तर, यौन सम्बन्ध राख्ने क्रममा अनिच्छित गर्भ रहने भय हुन्छ । अनिच्छित गर्भ रहेपछि […]

Uncategorized

बेलुनमा उडेपछि मुख्यमन्त्रीले भनेः अब जति जनसंख्या, त्यति नै पर्यटक भित्र्याउँछौं

१ मंसिर, पोखरा । पोखरा घुम्न आउने पर्यटकहरका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल थपिएको छ, ‘हट एयर’ बेलुन । फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा आएको हो । अब पोखरा आउने पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने भएका छन् । दृश्यावलोकन र साहसिक खेलका रुपमा पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, […]

Uncategorized

विराटनगरमा भरतमोहन अधिकारीको नागरिक अभिनन्दन

१ मंसिर, विराटनगर । नेकपाका नेता एव पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । ८२ बर्षीय अधिकारीलाई जेष्ठ नागरिक सम्मानसहित नागरिक अभिनन्दन गरिएको हो । भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रमुख डां गोविन्द सुब्बाले विषेश कदर पत्र, मुख्यमन्त्री शेरधन राईले टोपी र दौसल्ला ओढाएर अधिकारीलाई सम्मान […]

Uncategorized

कांग्रेस कार्यालयमा विद्यार्थीको नाराबाजी, देउवा पुग्दा तनाव

१ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले नेपाली काग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् । कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए । सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरे । त्यसक्रममा कार्यसमिति भंग गर्न नहुने र म्याद थप्न नहुने मत […]

Uncategorized

बजार हिस्सा गुमाउँदै वायुसेवा निगम

१ मङ्सिर, काठमाडाैं । गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको हो । आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत निगमले […]

Uncategorized

राष्ट्रिय सडक सञ्जालमा जोडियो दुनै

१ मंसिर, काठमाडौं । नेपाली सेनाको एक दशक लामो भगिरथ प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ । जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो । एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट […]

Uncategorized

विश्व बैंकको रिपोर्टमाथि सरकारको आपत्ति

३० कात्तिक, काठमाडौं । सरकारले विश्व बैंकको ‘डुइङ बिजनेस’ सूचकको रिपोर्टमाथि आपत्ति जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले यो रिपोर्टले नेपालको वास्तविक अवस्था बाहिर नल्याएको भन्दै पुनर्विचार गर्न विश्व बैंकलाई भनिसकेको बताए । नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनले नेपाललाई ५ अंक तल झारिदिएको छ । यसअघि नेपालको अंकभार […]

Uncategorized

बुटवल हर्न निषेधित क्षेत्र घोषणा

१ मंसिर, बुटवल । प्रदेश ५ को राजधानी बुटवलको शहरभर हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । शनिबारदेखि बुटवललाई हर्न निषेधित शहर घोषण गरिएको हो । ठुला वा साना सवारी साधनले हर्न बजाउँदा ध्वनी प्रदूषण भएकाले हर्न निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रदेश नम्बर ५ का वरिष्ठ प्रहरी उपरिक्षक नर बहादुर केसीले बताए । बुटवल […]

Uncategorized

प्रहरी वृत्त महाराजगञ्जमा निःशुल्क स्वास्थ्य शिविर

२५ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले प्रहरी कर्मचारी तथा उनीहरुको परिवारलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार दिउँसो वृत्त परिसरमा स्वास्थ्य शिविर गरिएको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंका अनुसार शिविरमा ५ सय ३० जना प्रहरी कर्मचारी तथा प्रहरी परिवार लाभान्वित भएका छन् । शिविरमा […]