अर्जुन घर्ती मगर हुन त संसारमा आफू अनुकुलको राजनैतिक व्यवस्थालाई समाजवादको परिभाषा दिने बिचार चिन्तन नयाँ होइन । यद्यपि आजभोलि नेपाली राजनीतिक वृत्तमा धेरै छलफल हुने र लोकप्रिय शब्द बनेको छ ‘समाजवाद ।’ नेपालकाे संविधान निर्माताहरु भन्छन् ‘संविधानले समाजवादको परिकल्पना गरेको छ।’ यदि त्यसो हो भने विशेषगरी संसारमा प्रक्षेपण भएका खास समाजवाद कति प्रकारका छन् […]
Banner News
रक्सी पिएर युएईमा महिलाहरु बीच चक्कु हानाहान: एकको ज्यान गयो, ३ घाइते
कार्तिक ११, युएई । चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी घाइते भएका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो । सँगै काम […]
सल्यानमा ट्राफिक प्रहरी नै सडक मर्मतमा कस्सिएपछि…
कात्तिक १०, सल्यान । सल्यानमा ट्राफिक प्रहरी सडक मर्मतमा अाफै कस्सिएका छन् । जिल्लाकाे सदरमुकाम खलंगामा शनिबार बिहानै ट्राफिक प्रहरी खेम केसी सडक मर्मतमा जुटेका हुन् । सडक खाल्डाखुल्डी भएकाे र कालाेपत्रे उत्रेर अाफ्ठ्याराे भएकाे सडकलार्इ उनले सम्याएका हुन् । हातमा गैती र व्याल्चा लिएर सडक मर्मत गरिरहेका उनले भने- “अरु मजदुरको भरमा कति पर्नु आफै […]
काभ्रेमा सवारी दुर्घटना, डीआईजीसहित तीन जनाको मृत्यु
कात्तिक १०, काभ्रे । काभ्रेको मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको […]
पुर्वमाओबादी केन्द्रका दर्जनौ कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश
कार्तिक १०, कंचनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कन्चनपुर जिल्ला समितिले संगठन सुदृढीकरण तथा विस्तार अभियान व्यापक रुपमा सन्चालन गरिरहेको छ । अभियान अन्तर्गत भिमदत्त नगरपालीका—९ मटैनामा कार्यक्रम गरी कमिटी गठनका साथै माओवादी केन्द्र र एमाले पार्टी परीत्याग गरी आएका व्यक्तिहरुलाई स्वागत समेत गरेको छ । नगर सेक्रेटरी आजादले सन्चालन गरेको कार्यक्रममा जिल्ला सेक्रेटरी परिवर्तनको […]
करोडौ खर्च गरेर ५० हजारलाई भोज खुवाउने नेकपाको चियापानमा नजाने डा. भट्टराईको घोषणा
कात्तिक १०, काठमाडौँ। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् ।नेकपाले आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ । डा.भट्टराई चियापान कार्यक्रमका लागि निम्तो पठाए पनि आफू नजाने बताएका हुन् । उनले करोडौ खर्च गरेर ५० हजारलाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनको […]
भारतले गफ दियो, अनुदान रकम दिएन
कात्तिक १०, काठमाडौं । भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा भारतीय विदेशमन्त्री सुष्मा […]
निर्मलाकी आमा भन्छिन् : न्याय पाउन बाँकी नै छ
कात्तिक ९, काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या प्रकरण सुल्झाउन नसक्दा दबावमा परेको सरकारले दुई विवादित प्रहरी अधिकृतलाई बर्खास्त गरेर जनआक्रोश मत्थर पार्ने प्रयास गरेको छ । अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय, महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर जगदिश भट्ट सेवाबाट बर्खास्त भएका हुन् । सरकारद्वारा […]
नेकपाका केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ रिहा
कार्तिक ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खडका ‘असल’ आज रिहा भएका छन । खड्का सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन् । उनलाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाईको आदेश दिएपछि केन्द्रीय सदस्य खड्का रिहा भएको […]
भूमिगत आँकडालाई चिर्दै विप्लव नेतृत्वको नेकपाले काठमाडौँमा बिशाल जनसभा गर्ने
कार्तिक ९, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा बृहत जनसभा गर्ने भएको छ । पछिल्लो समय नेकपा अब भूमिगत हुन्छ भन्ने आम मानिसको भ्रमलाई चिर्दै उक्त पार्टीले खुल्ला जनसभा गर्ने घोषणा गरेको हो । खुल्ला जनसभामा सहभागी हुन सबैलाई आह्वान गर्दै नेकपाले एक पोष्टर जारी गरेको छ । मङ्सिर ८ गते पार्टीले राष्ट्रिय […]









