Banner News

नेकपाका केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ रिहा

कार्तिक ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खडका ‘असल’ आज रिहा भएका छन । खड्का सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन् ।

उनलाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाईको आदेश दिएपछि केन्द्रीय सदस्य खड्का रिहा भएको जनाएको छ ।

न्यायाधिस दिपकराज जोशी र डम्बरबहादुर शाहीको ईजलासले खड्कालाई सरकारले विनाकारण हिरासतमा राखेको भन्दै रिहाईको आदेश दिएको हो ।

सर्वोच्च अदालतले असोज १५ गते नै लिखित जवाफसहित ३ दिनभित्र खड््कालाई उपस्थित गराउन गृहमन्त्रालय, मकवानपुर जिल्ला प्रहरी कार्यालयको आदेश दिएको थियो । केन्द्रीय सदस्य खड्कालाई भदौ ५ गते काठमाडौँ आउँदै गर्दा धादिङको नौबिसेबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरेका थिए ।

पक्राउ गरेर २ दिनपछि मात्रै बुटवलको इलाका प्रहरी कार्यालय पुराईएका खडकालाइ अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपनि प्रहरीले पक्रेर मकवानपुर पुर्याएको थियो ।

नेता खडकालाई रुपन्देहीमा भारतीय पेन्सन क्याम्पसमा बम विस्फोट गरेर क्षति पुराएको आरोप लगाईएको थियो । त्यस्तै मकवानपुरमा अगजनीको मुद्धा लगाईएको थियो ।

बन्दि प्रत्यक्षीकरण आदेश 

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *