पढाउने पेशालाई कतिपयले हेय दृष्टिले हेर्छन् । यसमा दुख धेरै र पैसा थोरै हुन्छ भन्ने मान्यता उनीहरुमा पाइन्छ । तर उनीहरुलाई के थाहा, पढाएरै करोडौं कमाउनेहरुको बारेमा । जस्तै मेलिसा लेहानको कुरा गरौं । उनले प्राइभेट ट्युसन पढाएरै अचाक्ली कमाइसकेकी छन् । प्रशस्त सम्पत्ति जोडेकी छन् । देश–विदेश घुमेकी छन् । मेलिसाले केही वर्ष बरमुडामा […]
Author: purnakhabar
गृह मन्त्रालयस्थित सुरक्षा सल्लाहकारको कार्यकक्षमा आगलागी
२९ कात्तिक, काठमाडौं । गृह मन्त्रालयभित्र आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो । बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको राईले पुष्टि गरे । ‘एसीको हिटर चलिरहेको थियो । एक्कासि सर्ट भएछ’, उनले अनलाइनखबरसँग भने, ‘थाहा पाएर तत्काल नियन्त्रणमा लिइयो ।’ आगोलागीबाट कोठामा […]
सरकारले राजदूत थापालाई फिर्ता बोलायो, शाक्यको नाम सिफारिस
२९ कात्तिक, काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ । उनलाई तीन साताको म्याद दिइएको छ । रिक्त भएको राजदूत पदमा अञ्जान शाक्यलाई सिफारिस गरिएको […]
गोरखाको मुन्थला मन्दिर संरक्षणका लागि महोत्सव
२९ कात्तिक, गोरखा । गोरखाको गण्डकी गाउँपालिका-८ बेनिगाउँमा रहेको मुन्थला मन्दिर संरक्षण र प्रवर्द्धनका लागि प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव २०७५ आयोजना गरिएको छ । परापूर्व कालदेखि वर्षेनी मन्दिरमा हुँदै आएको मुन्थला जात्रालाई थप व्यवस्थित गर्न महोत्सवको आयोजना गरिएको बिहीवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । पुस ५ र ६ गते […]
प्रधानमन्त्रीले नै संविधानमाथि प्रश्न उठाउनुभयोः गगन थापा
२९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन् । नेता थापाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्ति प्रकट गरे । नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति -रासस) प्रतिष्ठान शाखाको […]
पाँच मिनेटको गीतमा अन्तर्जातीय आकर्षणको कथा
पत्रकारिता छाडेर गायनमा लागेका अंकितबाबु अधिकारीले युट्युबमा नयाँ गीत सार्वजनिक गरेका छन् । ‘सम्झनालाई’ नामको साढे पाँच मिनेट १४ सेकेन्डको गीतमा ब्राहृमण युवा नेवार युवतीप्रति आकषिर्त हुँदा उत्पन्न भएको चुनौतीपूर्ण तथा रमाइलो परिस्थितिलाई समेटिएको छ । आफूलाई गीत र भिडियोमा विभिन्न किसिमका परीक्षण गर्न मन लाग्ने र यो सिर्जना पनि परीक्षणको अर्को कडी भएको अधिकारी […]
टीभी किन्न घुस माग्ने डीएसपी राईलाई छाड्न अदालतको आदेश
२९ कात्तिक, काठमाडौं । बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतले बिहीबार राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालिन प्रमुख राई २० असोजमा बालुवा व्यवसायीसँग व्यापार चौपट पारिदिने […]
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो
२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यो बैठकमा नेपाल विद्यार्थी संघको विवादबारे छलफल हुने नेताहरुले बताएका छन् । नेवि संघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपछि मंसिर २ गतेसम्म महाधिवेशन गर्न भनिएको थियो । तर, यो […]
कफीमा मिसाउनुपर्छ यी चिज, स्वाद हुन्छ तिख्खर
मौसम चिसो छ । दिनदिनै जाडोले सम्राज्य जमाउँदैछ । बिहान-बेलुकी चिसो सिरोटो चल्न थालेको छ । भुँइकुहिरो र चिसो ठिहीले ज्यान चिस्याउँदैछ । यस्तो बेला तातो कफी सुरुप्प पार्नुको आनन्द कम हुन्छ ? हरेक मौसमी परिवर्तनलाई हामीले स्वागत गर्नुपर्छ । चाहे दर्के झरी होस् वा चिसो ठिही, सबै अवस्थामा कसरी रमाउने भन्ने कला जान्नुपर्छ । […]
वायुसेवा निगमले भन्योः संस्था उच्च जोखिममा छ, तत्काल आर्थिक सहायता चाहियो
२९ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ । बिहीबार अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्यधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका हुन् । खरेलले स्वेतपत्रमा भनेका छन् ‘वायु […]









