Journalist from Itahari
समाचार

दीपिका र रणवीर विवाह मण्डपमा बस्दाको फोटो सार्वजनिक

एजेन्सी । बलिउडका चर्चित स्टार जोडी दीपिका पादुकोण र रणवीर सिंह सोमबार  विवाह बन्धनमा बाँधिएका छन् । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा भएको एक समारोहमा उनीहरुले कोंकणी परम्परा अनुसार लगनगाँठो बाँधेका हुन् । नवविवाहित जोडीको विवाहस्थलको तस्बिर प्रशंसकहरुले निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका बेला दीपिका आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह मण्डपको फोटो सार्वजनिक गरेकी […]

Uncategorized

वायुसेवा निगमले भन्योः संस्था उच्च जोखिममा छ, आर्थिक सहायता चाहियो

२९ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ । बिहीबार अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्याधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका हुन् । खरेलले स्वेतपत्रमा भनेका छन्, ‘वायु […]

Uncategorized

गगन थापाको आरोप : प्रधानमन्त्रीले नै संविधानमाथि प्रश्न उठाउनुभयो

२९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन् । नेता थापाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्ति प्रकट गरे । नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति -रासस) प्रतिष्ठान शाखाको […]

Uncategorized

टीभी किन्न घुस माग्ने डीएसपी राईलाई धरौटीमा छाड्न आदेश

२९ कात्तिक, काठमाडौं । बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतले बिहीबार राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालिन प्रमुख राई २० असोजमा बालुवा व्यवसायीसँग व्यापार चौपट […]

Uncategorized

हेटौंडाको औद्योगिक उतारचढाव : यसरी फर्कंदैछ दिन

२९ कात्तिक, हेटौंडा । साबुनदेखि सिमेन्टसम्म, कस्मेटिक्सदेखि कपडासम्म र बिस्कुटदेखि पेन्टससम्म उत्पादन गर्ने राष्ट्रियदेखि बहुराष्ट्रियसम्मका उद्योगहरु हेटौंडामा छन् । वर्षमा अर्बौं राजस्व तिर्ने ती उद्योगहरुले प्रदेश ३ को अस्थायी राजधानी हेटौंडालाई उद्योगहरुको सहर बनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्ज नजिकै हुनु र राजधानी काठमाडौंसहित देशका मुख्य सहरहरुलाई […]

Uncategorized

गृहका सुरक्षा सल्लाहकारको कार्यकक्षमा आगलागी

२९ कात्तिक, काठमाडौं । गृह मन्त्रालयभित्र आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो । बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको राईले पुष्टि गरे । ‘एसीको हिटर चलिरहेको थियो । एक्कासि सर्ट भएछ’, उनले अनलाइनखबरसँग भने, ‘थाहा पाएर तत्काल नियन्त्रणमा लिइयो ।’ आगोलागीबाट कोठामा […]

Uncategorized

धन्न अष्ट्रेलियाको भिसा लागेन ….

क्रिकेट, क्रिकेट र क्रिकेट । यो उमेरसम्म मैले सिकेको, जानेको र केही गरेको यही हो । यो मेरो लागि खेल मात्रै पनि होइन, जीवनशैली नै हो । स्कूलमा क्रिकेट खेल्दा प्रिन्सिपल सरको झ्याल फुटाएकोदेखि नेपाललाई एकदिवसीय मान्यता दिलाउँदासम्म कति रमाइला, कति नरमाइला पल आए । कति उत्सवका क्षणहरु पनि छन् । कतिपय त मेलै नचाहँदा […]

Uncategorized

राजदूतमा सिफारिस अञ्जान शाक्य को हुन् ?

२९ कात्तिक, काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर चार दिन अघि बसेको मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरे । जसमध्ये एक थियो, इजरालयका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा काठमाडौंकी अञ्जान शाक्यलाई सिफारिस गर्ने । पूर्वमन्त्री र राप्रपाका नेता समेत रहेका थापालाई पुष्पकमल […]

Uncategorized

फिर्ता बोलाइने राजदूतहरुको लिस्टमा कोको छन् ?

२९ कात्तिक, काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । थापाको फिर्तीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकारले नियुक्ति गरेका राजदूतहरु फिर्ता बोलाउने प्रक्रियाको शुभारम्भ मात्र भएको एक मन्त्रीले बताए । फिर्ता बोलाइएका राजदूत थापा पूर्वमन्त्री तथा राप्रपाका नेता हुन् । थापाको स्थानमा अन्जान शाक्यलाई सिफारिस […]

समाचार

ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै मन्त्रीद्वारा राजीनामा

लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले आफ्नै सरकारले बनाएको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन् । उनले मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएको बताएको समाचारमा जनाइएको छ । यसअघिका डेभिड डेभिसले राजीनामा दिएपछि राब […]